काँग्रेसले दशैँमा चियापान गर्ने

४ आश्विन २०७१, शनिबार १८:२९ मा प्रकाशित

काठमाडौं, ४ असोज । नेपाली काँग्रेसले हरेक बर्षजस्तै यस बर्षको दशैँमा पनि चियापान कार्यक्रम गर्ने भएको छ ।

दशैँको कोजाग्रत पुर्णिमामा पार्टी कार्यालय सानेपामा चियापान कार्यक्रम गर्न लागिएको मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिए ।
गत बर्ष भने संबिधानसभाको चुनावको तयारीमा जुटेकाले काँग्रेसले चियापान कार्यक्रम गर्न सकेको थिएन ।

कोजाग्रत पूर्णिमा अर्थात असोज २१ गते हुने चियापान कार्यक्रम दिउँसो १ बजे देखि ४ बजेसम्म चल्ने मुख्यसचिव तिवारीले बताए ।

नेपाली काँग्रेसले २०३३ सालमा वीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि मेलमिलापको भावना स्वरुप हरेक दशैँको पूर्णिमामा दशैँ र तिहारको शुभकामना आदान प्रदान तथा चियापान गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ८६ जनाको

झापा।जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै

तनहुँ। दोस्रो लहरको कोरोना सुरू भएपछि भानु नगरपालिका–१३ मिर्लुङकोटको काखमा रहेको टुटेपानी सामुदायिक होमस्टे आठ महिना पाहुनाका लागि बन्द भयो । दोस्रो

कञ्चनपुर।भारतबाट फर्किदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा लामबद्ध थिए । लाइन