वैदेशिक रोजगारी छाडेर गाईपालन

४ आश्विन २०७१, शनिबार १८:२५ मा प्रकाशित

म्याग्दी, ४ असोज । वैदेशिक रोजगारीबाट फर्किएका म्याग्दीका केहि युवकहरुले व्यावसायिक गाईपालन गरि आत्मनिर्भर बनेका छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा पुगेर गाउँ फर्किएका युवाहरू गाउँमै उन्नत जातका गाई पालनमा लागेका हुन् ।

निलगिरी गाईपालन समितिमा आबद्ध भएर उनीहरूले दूध उत्पादन गरी गाउँमै चिज उद्योगसमेत सञ्चालनमा ल्याएका छन् ।
कृषककै पहलमा हिमालयन चिज उद्योग स्थापना भएपछि गाउँमा व्यावसायिक गाईपालन गरेका युवाले राम्रो आम्दानी गर्न थालेको उद्योगका अध्यक्ष गोविन्द खड्काले बताए ।

करिब ११ लाख लगानीमा गाईपालन सुरु गरेका युवाहरुले दैनिक ३० लिटर दूध उत्पादन गर्दै आएको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

काठमाडौँ । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा (तीन महिनाभित्रमा) नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने भएको

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार