आठ दिनमा तीनपटक सगरमाथा आरोहण

१५ जेष्ठ २०६९, सोमबार १७:५५ मा प्रकाशित

काठमाडौ, १५ जेठ । सोलुखुम्बुको केरुङ–४ का ५१ वर्षीय कामी शेर्पाले आठ दिनमा तीनपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । पाँच दिनमा दुई पटक सगरमाथा आरोहण गरेपछि आठाँै दिनमा तेस्रोपटक सफल आरोहण गरेको उहाँले सगरमाथाको आधार शिविरबाट जानकारी दिनुभयो । आरोही शेर्पाले जेठ ६ गते शनिबार बिहान साढे १० बजे र जेठ ११ गते बिहानको ३ गरी पाँच दिनमा दुईपटक सगरमाथा आरोहण गरेका बताउनुभयो । त्यसैगरी उहाँले जेठ १४ गते हिजो बिहान ४ बजे सगरमाथाको शिखरमा पुगेर एकै सिजनमा तीन पटक सगरमाथा सफलतापूर्वक आरोहण गर्नुभएको थियो । यो आरोहणले विश्व कीर्तिमान कायम गरेको शेर्पाको दाबी छ । आरोही शेर्पाले सगरमाथाको सफल आरोहण सन् १९९७ मा पहिलोपटक गर्नुभएको र अहिलेसम्म १४ पटक सगरमाथाको आरोहण गरिसक्नु भएको छ । अहिले उहाँ सगरमाथा आधार शिविर आइपुग्नु भएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको