पुरुष व्याडमिन्टनमा नेपालको बिजयी सुरुवात

४ आश्विन २०७१, शनिबार १८:१८ मा प्रकाशित

काठमाडौं, ४ असोज । कोरीयाको ईन्चोनमा जारी १७ औं एशियाली खेलकुद प्रतियोगिता अन्तरगत ब्याडमिन्टनको पुरुष टिम ईभेन्ट्को खेलमा नेपालले विजय सुरुवात गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ ।

टिम ईभेन्टस्को खेलमा नेपाल ३—० ले विजयी भएको हो । रत्नजित तामाङले मकाउका खेलाडी चि वाई वानलाई २१—१२, २१—१६ ले, विकास श्रेष्ठले यु लिउङ्गलाई २१—११, २१—१६ले र साजन कृष्ण ताम्राकारले होक मान लोउमाथी १२—२१, २१—४ र २१—१८को जित निकाल्दै नेपाललाई जितको स्वाद दिलाइका हुन् ।

त्यस्तै ब्याडमिन्टन अन्तर्गत मलेसिया विरुद्धको महिला टिम इभेन्टमा नेपाल ३–० ले पराजित भयो । नेपालकी सरादेवी तामाङ मलेसियाकी खेलाडी लि लियान याङसँग २१–४ र २१–११ ले पराजित भइन् ।यसैगरी, नङसलदेवी तामाङ मलेसीयाकी यिन फन लिमसग २१–२ र २१–७ ले पराजित भइन् भने शिक्षा श्रेष्ठ मलेसियाकै चिउ सियन लिमसग २१–१३ र २१–९ ले पराजित भइन् ।

यसैगगरी टेनिसमा पनि नेपालले खराव सुरुआत गरेको छ । आज भएको महिला टिम इभेन्टमा नेपाल चाइनिज ताइपेइको टिमसँग ३–० ले पराजित भयो ।मायांका राणा चिन वे छानसँग ६–० र ६–० ले पराजित भइन् । त्यसैगरी, माहिका राणा सु वेइ सेइसँग ६–० र ६–१ ले पराजित भइन् । भुपति कार्की र विजिशा श्रेष्ठको जोडी हाओ छिन छान र योंग जान छानसँग ६–० र ६–० ले नै पराजित भए ।

त्यस्तै पहिलो पटक एशियाली खेलमा सहभागी सेपाकताक्रोको डबल्स तर्फ छनोट चरणको पहिलो खेलमा अनिल गुरुङ र अमन पोडेको जोडी सिङ्गापुरका खेलाडीहरु संग २१—१४, २१—७ ले र दोश्रो खेलमा अनिल र रुपेश पोडेको जोडी जापानका खेलाडीसंग २१—६, २१—६को सोझो सेटमा पराजित भएका छन् ।

जुडो ६० किलो तौल समूहको पुरुषतर्फ सरोज महर्जन पहिलो चरणबाटै बाहिरिएका छन् । एक मिनेट ४९ सकेन्डमात्र टिक्न सकेका सरोज इप्पोनका आधारमा कोरियाली खेलाडी चुङयोक किमसंग पराजित भए ।

त्यसैगरी ६६ किलो तौल समूहमा रमेश मगर मंगोलियन खेलाडी तुमुर्खुलेग दावादोर्जसंग इप्पोनकै आधारमा पराजित भए । ५२ किलो तौल समूहमा देविका खड्का मात्र १३ सेकेन्ड टिकेर बाहिरिइन् । उनलाई भारतीय खेलाडी कल्पनादेवी थौदामले सजिलै अयोग्य घोषित गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।साविक विजेता मच्छिन्द्र फुटबल क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले गोलरहित बराबरी खेलेसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो

काठमाडौं।ब्राजिलियन स्टार तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेयमार जुनियर घुँडाको चोटका कारण दुई महिना

काठमाडौं । अर्जेन्टिना तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले बालोन डी ओर अवार्ड जितेका छन्

काठमाडौं।आयोजक संयुक्त अरब इमिरेट् (यूएई)सँग ४८ रनले पराजित भएसँगै नेपाल ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको छ । आइतबार आइसीसी