सहाना प्रधानलाई निमोनियाको समस्या

४ आश्विन २०७१, शनिबार १८:०८ मा प्रकाशित

काठमाडौं, ४ असोज । एमाले नेतृ साहना प्रधानलाई निमोनियाको समस्या देखिएको छ । उनको उपचारमा संलग्न चिकित्सक डा सङ्गीतलाल कसजुले नेत्री प्रधानलाई केही दिनदेखि निमोनियाको समस्या देखिएको जानकारी दिए ।

फोक्सोमा सङ्क्रमण तथा मस्तिष्कघातका कारण अस्वस्थ भएपछि गत जेठ २३ गतेदेखि बल्खुस्थित बयोधा अस्पतालकोे सघन उपचार कक्षमा नेत्री प्रधानको उपचार भइरहेको छ । प्रधानलाई अहिले अन्य समस्या भने नदेखिएको डा. कसजुले जानकारी दिए ।

नेतृ प्रधान मस्तिष्कघात र फोक्सोमा देखिएको सङ्क्रमणबाट खतरामुक्त भएकाले भेन्टिलेटरबाट निकालिएको थियो । स्वास्थ्यमा सुधार भएर घर पठाउने तयारी भैरहेका बेला फेरी प्रधानलाई निमोनियाको समस्या देखिएको र बेला–बेलामा भेन्टिलेटरमा समेत राख्नुपर्ने भएकाले घर नपठाइएको अस्पतालले जनाएको छ ।

तीन वर्षदेखि अस्वस्थ रहेकी ८८ वर्षीया प्रधान अहिले बोल्न नसक्ने अवस्थामा छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

आजको प्रमुख समाचार