प्रेस युनियन काठमाडौंलाई खड्काको एकलाख सहयोग

४ आश्विन २०७१, शनिबार १४:०९ मा प्रकाशित

काठमाडौं, ४ असोज । नेपाली कांग्रेसका सह–महामन्त्री पूर्णबहादुर खड्काले नेपाल प्रेस युनियन काठमाडौं शाखालाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रेस युनियन काठमाडौंद्वारा शनिबार आयोजित सम्मान एवं शुभकामना आदान प्रदान कार्यक्रममा खड्काले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा अक्षयकोष स्थापना गर्न १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै सह–महामन्त्री खड्काले शान्ति र संविधानको यात्रामा लोकतन्त्रवादी पत्रकारहरुको भूमिका महत्वपूर्ण भएको सन्त नेताको नाममा अक्षय कोष खडा गर्न आफूले सहयोग गर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभाषद नवीन्द्रराज जोशीले सरकारका कामलाई जवाफदेही बनाउन र संविधान लेखनमा खबरदारी गर्न नेपाली प्रेसले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उनले प्र्रेस युनियन काठमाडौं शाखालाई सम्पूर्ण हिसाबले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल