प्रधानमन्त्री कोइराला अबुधावीमा

४ आश्विन २०७१, शनिबार ०८:४१ मा प्रकाशित

काठमाडौं, ४ असोज । संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री सुशील कोइरालाले शनिबार विहान आबुधावीस्थित नेपाली राजदूताबासमा मध्यपूर्व, पश्चिम एसिया र उत्तरी अफ्रिकी मुुलुकमा कार्यरत नेपाली राजदूतसँग छलफल गर्ने भएका छन् ।

ती देशमा भएका कामकारबाहीका सम्बन्धमा जानकारी लिने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गर्नुभएका प्रधानमन्त्री कोइराला राति आबुधाबी पुगेका हुन् ।

कोइरालालाई आबुधावी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत धनञ्जय झा, नेपाली राजदूतावासका कर्मचारी, युएइमा कार्यरत नेपाली जनसम्पर्क समितिका अध्यक्ष चित्र केसी र कोषाध्यक्ष दीपक भट्टसहितको प्रतिनिधिमण्डलले स्वागत गरेको थियो ।

प्रधानमन्त्री कोइरालाले आवुधावीमा रहेका केही नेपालीहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री कोइरालाले राजदूत झासँग राजदूतावासको अवस्था र संयुक्त अरब इमिरेट्समा रहेका नेपालीहरूको अवस्थाको बारेमा चासो व्यक्त गरेका थिए । उनले अब नेपालमा विकासले गति लिएपछि युएइलगायतका मुलुकमा कार्यरत नेपाली स्वदेशमा फर्कने विश्वास व्यक्त गरेका थिए । राजदूत झाका अनुसार अहिले युएइमा मात्रै झन्डै चार लाख नेपाली कार्यरत छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भइ कार्यरत १६१३ कर्मचारीको एकैपटक सरुवा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निमाणमा उल्लेखनीय सफलता हासिल गरेको छ । एकातर्फ परम्परागत मौलिक शैलीमा निर्माण सामग्रीका प्रयोग गरेर बनाइएका