रुम्जाटार हवाई मैदानमा कालोपत्रेको काम फेरि अवरुद्ध

१५ जेष्ठ २०६९, सोमबार १७:४४ मा प्रकाशित

ओखलढुङगा, १५ जेठ । ओखलढुंगा जिल्लाको एक मात्र हवाई मैदान रुम्जाटार विमानस्थलको कालोपत्रे गर्ने काम फेरी अवरुद्ध भएको छ । ठेकेदार कम्पनीले यसअघि पनि विभिन्न बहानामा काम रोक्दै आएकोमा पछिल्लो समयमा स्थानीय ठोट्ने खोलाको गिटी र बालुवा गुणस्तरीय नभएको भन्दै काम रोकेको हो । यसअघि कालोपत्रे काम रोकिएको विषयमा विभिन्न संचारमाध्यममा समाचार प्रसारण तथा प्रकाशन भएपछि सुरु भएको काम एक महिना पनि नबित्दै फेरि गुणस्तरहिन कच्चा पदार्थको बहानामा रोकिएपछि रुम्जाटार हवाई मैदान कालोपत्रको काम अलपत्र परेको छ । धावनमार्गको कालोपत्रे गर्न सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय ओखलढुंगाले उदयपूरको ठेकेदार कम्पनि उपेक्स रौताहा कन्ट्रक्सन प्रालिका अम्बर बहादुर खत्रीसंग ५८० मिटर लम्बाई र २० मिटर चौडाईमा कालोपत्रे तथा ५० मिटर चौडाईमा माटोको काम गर्ने भनेर लाखौं रुपैयाँमा सम्झौता गरेको छ । सम्झौता अनुसार २०६९ भदौ भित्र काम सम्पन्न गरिसक्नुपर्ने भएपनि हाल सम्म कामले गति लिन सकेको छैन । सुरुदेखि नै स्वतन्त्र रुपमा काम गर्न नपाएकाले कामले गति लिन नसकेको ठेकेदार अम्बरबहादुर खत्रीले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको