प्रधानमन्त्री कोइराला अमेरिका हिंडे

३ आश्विन २०७१, शुक्रबार १९:०५ मा प्रकाशित

काठमाडौ, ३ असोज । प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्क  प्रस्थान गरेका छन् ।

कोइराला नेतृत्वको टोली शनिबार युएईको अबुधाबी पुग्ने छ । त्यहाँ उनले त्यहाँ रहेका राजदूत सहित मिसन प्रमुखहरुसँग छलफल गर्ने छन् ।

शुक्रबार साँझ प्रस्थान गरेका कोइरालालाई विदाई गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संवैधानिक अंगका प्रमुखहरु सहित मन्त्रीगण, विशिष्ट व्यक्तिहरु पुगेका थिए । उनको विदाईमा नेपाली सेनाले सम्मान समेत अर्पण गरेको थियो ।

अबुधाबीबाट आईतवार प्रधानमन्त्री सहितको नेपाली प्रतिनिधि मण्डल न्यूयोर्क पुग्ने कार्यक्रम रहेको छ । सोमबार प्रधानमन्त्री कोइरालाको स्वास्थ्य परीक्षण गरिने र आगामी शुक्रबार संयुक्त राष्ट्रसंघको महासभालाई संबोधन गर्ने छन् ।

यता व्यवस्थापिका संसदको गतिरोध नहटाई अमेरिका गएको भन्दै प्रमुख प्रतिपक्षी दलहरुले भने प्रधानन्त्री कोइरालाको चर्को विरोध गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

आजको प्रमुख समाचार