जनमत संग्रहको परिणाम सार्वजनिक, स्कटल्याण्ड बेलायतकै अधिनस्थ रहनु पर्छ भन्नेको बहुमत

३ आश्विन २०७१, शुक्रबार ११:१८ मा प्रकाशित

धर्मराज अधिकारी, लन्डन, ३ असोज । बिहिबार स्कटल्याण्डलाई स्वतन्त्र मुलुक बनाउनेकी बेलायतकै अधिनस्थ राख्ने भनी गरिएको जनमत संग्रहको मत परिणाम अनुसार बेलायतकै अधिनस्थ रहने मत बिजयी भएको छ । स्कटल्याण्डको ३२ स्थानीय निकाय अन्तर्गत २६ सय ८ मतदान केन्द्रमा ४२ लाख ८५ हजार तीनसय मतदाताले मत खसाएका थिए जसमा अहिले सम्म सार्वजनिक २९ स्थानीय निकायको परिणाम अनुसार बहुमतले बेलायतकै अधिनस्थ रहने पक्षमा ५५ प्रतिशत मतदान गरेका छन् । प्राप्त पछिल्लो मत परिणाम अनुसार ४५ प्रतिशत मत अर्थात् स्कटल्याण्डलाई स्वतन्त्र मुलुक बनाउने पक्षमा १, ३९८, ००० र बेलायतकै अधिनस्थ राख्ने पक्षमा १, ७३७, ००० मत परेको छ । स्कटल्याण्ड बेलायतकै अधिनस्थ रहनलाई १,८५२, ८२८ मत प्राप्त गर्नु जरुरी रहेको थियो । प्राप्त मत परिणामले स्कटल्याण्डलाई स्वतन्त्र मुलुक बनाउने पक्षमा रहेको स्कटल्याण्ड नेस्नलिष्ट पार्टीलाई ठुलो धक्का पुगेको अनुमान गरिएको छ । स्कटल्याण्डलाई स्वतन्त्र मुलुक बनाउने पक्षमा रहेका मन्त्रि निकोला स्टर्जनले मत परिणाम बाट आफु निरास बनेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गलेश्वर । मानिसको जीवनमा निकै विरोधाभाषपूर्ण स्थिति पनि उत्पन्न हुँदोरहेछ भन्ने गतिलो उदाहरण बन्नु भएको छ म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका

काठमाडौँ, १९ साउन (रासस): नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो

काठमाडौं । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी मंगलबार परम्परा अनुसार नागको पूजा गरी मनाइदैँछ । यस

बग्दाद, एएफपी । इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन्