प्रधानमन्त्री कोइराला आज अमेरिका जाँदै

३ आश्विन २०७१, शुक्रबार ०७:४० मा प्रकाशित

Sushil-Koirala-BIGकाठमाडौ ३ असोज । प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघको ६९ औँ महासभालाई संबोधन गर्न आज अमेरिका जान लागेका छन् ।
अपरान्ह २२ जनाको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यस तर्फ जान लागेका हुन ।

प्रतिनिधि मण्डलमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहका डा. दिनेश भट्टराई, परराष्ट्रसचिब शंकरदास बैरागीलगायत छन् ।

परराष्ट्रमन्त्रालयका अनुसार प्रधानमन्त्री कोइरालाले असोज १० मा राष्ट्रसंघको साधारण सभलाई संवोधन गर्ने कार्यक्रम रहेको छ ।

भोली अरबको अबुधाबीमा प्रधानमन्त्री कोइरालाले नेपाली राजदूतहरुका साथै पूर्व, पश्चिम एसिया र उत्तर अफ्रिका मिसन प्रमुखहरुसँग छलफल गर्नेछन् ।

न्यूयोर्क बसाईका क्रममा प्रधानमन्त्री कोइरालाले छिमेकी तथा अन्य देशका राज्य वा सरकार प्रमुखसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।

११ असोजमा राष्ट्रसंघका महासचिब वानकी मुनसँग भेटवार्ता गर्ने तय भएको छ । ७ असोजमा भने प्रधानमन्त्री कोइराला जलवायु शिखर सम्मेलनमा सहभागि हुने तयारी छ ।

त्यहाँ रहदा स्वास्थ्य उपचार समेत गराउनुहुने र आगामी मंसिरमा नेपालमा हुने सार्क शिखर सम्मेलनको तयारीबारे सार्क राष्ट्रका प्रतिनिधिहरुसँग पनि भेटवार्ता गर्ने कार्यतालिका सार्वजनिक भएको छ ।
प्रधानमन्त्री कोइराला असोज १६ गते स्वदेश फर्कने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार