तिब्बत भारतको समस्या हो: दलाई लामा, स्वतन्त्र तिब्बत समर्थकहरुद्वारा बृहद प्रदर्शन

३ आश्विन २०७१, शुक्रबार ०१:३२ मा प्रकाशित

नयाँ देल्ली,  असोज । भारत निर्वाशनमा रहेका चर्चित तिब्बती बौद्ध गुरु दलाई लामाले तिब्बतको समस्या भारतको राजनीतिक समस्या भएको बताएका छन् । चिनिया राष्ट्रपति चिन फिंग भारत भ्रमणको क्रममा रहेकै बेला पारेर धर्म गुरु लामाले तिब्बतको समस्या भारतको राजनीतिक समस्या भएको बताएका हुन् । उनले भने, ‘ लामो समय देखि ओझेलमा परेको तिब्बतको समस्यालाई समाधान खोजिनु पर्छ ।’ उनले अगाडी जोड दिए, ‘तिब्बतको समस्यालाई समाधान गरन बल प्रयोग गरिनु हुन्न ।’ चिनिया राष्ट्रपति चिन फिंगसंग दिल्लीस्थित हैदराबाद हाउसमा दिपक्षीय वार्ता चलिरहेकै समय स्वतन्त्र तिब्बत समर्थकहरुले प्रदर्शन गरेका थिए । चिनिया राष्ट्रपति चिन फिंगसंगको भारत भ्रमणकै सन्दर्भमा चर्चित तिब्बती बौद्ध गुरु दलाई लामाले तिब्बतको समस्या भारतको समस्या भएको आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका हुन् । उनले जोड दिए, ‘१९५० भन्दा पहिले उत्तरी सिमा क्षेत्रमा सुरक्षाकर्मी हुँदैन थिए स्थिति शान्त थियो तर अहिले तनाव छ यसको शान्तिपूर्ण समम्धन खोजिनु पर्छ ।’ यति बेला चिनिया राष्ट्रपति चिन फिंगसंग तिन दिने भारत भ्रमणका क्रममा रहेका छन् र चर्चित तिब्बती बौद्ध गुरु दलाई लामाको सार्वजनिक अभिव्यक्तिले बिशेष अर्थ राख्ने अनुमान गरिएको छ । चिनले यस अघि भारत र नेपाललाई स्वतन्त्र तिब्बत समर्थकहरुलाई सुपर्दगी गर्न दवाव दिदैं आएको छ । चर्चित तिब्बती बौद्ध गुरु दलाई लामा १९५९ देखि भारत निर्वासनमा बस्दै आएका छन् भने तिब्बत समर्थकहरु नेपालको विभिन्न भागमा शरण लिएर कष्ट पूर्ण जीवन बाँची रहेका छन् । नोबेल पुरस्कार विजेता चर्चित तिब्बती बौद्ध गुरु दलाई लामा स्वतन्त्र तिब्बतको अभियन्ता समेत रहेका छन् । बिहिबार हैदराबाद हाउसमा दिपक्षीय वार्ता चलिरहेकै समय ठुलो संख्यामा स्वतन्त्र तिब्बत समर्थकहरुले प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाकार्ता । इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विस्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य ९८ जना

न्युयाेर्क । वैज्ञानिकहरुले खुला सागरको एउटा क्षेत्रमा प्लाष्टिकको थुप्रोमा बस्ने समुद्री जनावरहरु पत्ता लगाएका छन् । वैज्ञानिकहरुले साे क्षेत्रलाई ग्रेट

वीरगञ्ज । नेपाली कांग्रेसको प्रदेश नं २ को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्योलमा छ । हालसम्म केन्द्रिय निर्वाचन समितिबाट

लन्डन । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला हप्ताहरुमा झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ अहिले पनि