एनआरएनए आठौँ क्षेत्रीय सम्मेलन जापानको नागानोमा सुरु

३ आश्विन २०७१, शुक्रबार ००:३६ मा प्रकाशित

नागानो, जापान,  असोज । गैरआवासीय नेपाली संघ एनआरएनएको आठौँ क्षेत्रीय सम्मेलन जापानको नागानोस्थित तातेसिना रिसोर्टमा सुरु भएको छ । बिहीबारदेखि सुरु भएको सम्मेलनमा नेपालको आर्थिक विकासमा गैरआवासीय नेपालीको भुमिका र सहभागिताको लागि प्रभावकारी योजना तय गरिने लक्ष राखिएको छ ।

बिहिबार जापानको नागानोमा आयोजित समारोहमा जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई, एनआरएन अध्यक्ष शेष घले, सभासद् गगन थापा र स्थानीय चिनो सहरका मेयरले आठौँ क्षेत्रीय सम्मेलन संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा निम्ताइएका नेपालका अर्थमन्त्री डा. रामशरण महत नेपालमा विकसित विशेष राजनीतिक परिस्थितिका कारण जापान आउन असमर्थ भए पनि स्काइपबाटै सम्मेलनलाई सम्बोधन गरेका थिए ।

अर्थमन्त्री महतले जापानलगायत विश्वका अत्यत्नै प्रतिस्पर्धी मुलुकमा पनि नेपालीले गरेको ठूलो प्रगतिबाट नेपाल र नेपाली गौरवान्वित रहेको बताए । विदेशमा नेपालीले आर्जन गरेका सिप, पुँजी र जाँगर अब नेपालमा लगाउनुपर्ने भन्दै अर्थमन्त्री महतले त्यसका लागि लगानीमैत्री नीति र सरकार चाहिने बताए ।

सम्मेलनलाई सम्बोधन गर्दै एनआरएन अध्यक्ष शेष घलेले एक वर्षको अवधिमा एनआरएनले निकै काम गरेको भन्दै मुलुकको आर्थिक विकासको मार्गचित्र कोर्न यो सम्मेलन सफल हुने विश्वास व्यक्त गरे । संस्थाको छवि र गरिमा बढाउन आफु क्रियाशील रहेको भन्दै सस्थाको पारदर्शिता र इमानदारितामाथि कहिल्यै सम्झैता नगर्ने बताए ।

यस्तै सम्मेलन आयोजक समितिका संयोजक एवं एनआरएन उपाध्यक्ष भवन भट्टले एउटा सानो सम्मेलनले पनि नेपालको आर्थिक विकासको मार्गचित्र कोर्न सुरुवात गर्न सक्नेभन्दै सबै सहभागीलाई जापानमा स्वागत गरे । एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले अहिलेको अवस्थामा राष्ट्रियताको परिभाषा फेरिएको भन्दै मुलुकको समृद्धि नै अहिलेको राष्ट्रियता भएको बताए । पहिलेजस्तो कुनै देशले आक्रमण गर्दा लडाइँ लडेर हैन आर्थिक प्रगतिका लागि सँगै अगाडि बढेर राष्टियता जोगाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सभासद् गगन थापाले एनआरएनले उठाएका मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै मुलुकको समृद्धिका लागि एनआरएनको सहभागिता अपरिहार्य रहेको बताए । यस्तै जापानका लागि नेपाली राजदूत मदन भट्टराईले जापानसँग दोहोरो कर अन्त्यसम्बन्धी सम्झौताका लागि पहल भइरहेको बताउँदै सम्झौतापश्चात् जापानमा रहेका नेपालीले नेपालमा लगानी गर्दा दोहोरो कर तिर्नु नपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौँ ।नेपाली काँग्रेसको १४ औं महाधिवेशन आउन मात्र एकसाता बाँकी छ । तर नेतृत्वको हाडबाजीमा रहेका नेताहरुले परिपक्क समिकरण र

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं । सरकारले भारतबाट वर्ष दिनअघि ल्याएको रेल सञ्चालनका लागि कानुनी बाटो खुलाउन अध्यादेश जारी गरेको छ । सरकारको सिफारिसमा

आजको प्रमुख समाचार