सिके राउतलाई विशष अदालतमा पेश

२ आश्विन २०७१, बिहीबार १८:३९ मा प्रकाशित

काठमाडौं, २ असोज । मधेसलाई नेपालबाट अलग गराउनु पर्छ भन्दै अभियान चलाउँदा पक्राउ परेका डा.सीके राउतलाई प्रहरीले बिषेश अदालत काठमाडौंमा पेश गरेको छ ।

आज बिराटनगरबाट विमानमार्फत काठमाडौं ल्याईएका राउतलाई प्रहरीले म्याद थपका लागि बिशेष अदालतमा पेश गरेको हो ।
राउत शनिबार मोरङको रंगेलीबाट पक्राउ परेका थिए । राज्यबिरुद्ध अपराध गरेको अभियोगमा बिशेष अदालतमा मुद्धा चलाउनु पर्ने कानूनी व्यवस्था भएकाले उनलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराईएको हो ।

सर्वोच्च अदालतले भोलि स–शरीर उपस्थित गराउन निर्देशन दिएकाले भोलि सर्वोच्चमा पेश गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

अमेरिकाबाट केहि समय अघि नेपाल फर्किएका राउतले मधेश ब्रिटेनले नेपाललाई दिएको भन्दै त्यहाँ स्वाशनको माग गरेका थिए । नेपाल आमालाई अपशब्द प्रयोग गरेको लगायतका थुप्रै आरोप राउतलाई लागेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार विभिन्न जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका अधिकांश जिल्लामा आज अधिवेशन हुन लागेको

आजको प्रमुख समाचार