व्यवस्थापिका संसद सातौँ पटक अवरुद्ध

२ आश्विन २०७१, बिहीबार १८:३३ मा प्रकाशित

काठमाडौं, २ असोज । आफ्ना मागहरु संवोधन गर्ने तर्फ सरकारले ध्यान नदिएको भन्दै प्रतिपक्षि दलहरुले बिहिबार सातौ पटक व्यवस्थापिका संसदको बैठक अवरुद्ध पारेका छन् ।
सभामुख सुवासचन्द्र नेम्वाङले बैठक सुरु गर्नासाथ प्रतिपक्षमा रहेको मधेशी जनाधिकार फोरक लोकतान्त्रीकका अध्यक्ष विजयकुमार गच्छेदारले वोलेर बैठक चल्न नदिने घोषणा गरेपछि अवरुद्ध भएको हो ।

नेता गच्छेदारले प्रधानमन्त्री शुशिल कोईराला भोली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जान लाग्दा समेत संसद अवरुद्ध भईरहनु दुर्भाग्यपुर्ण भएको बताए । विगतमा पनि महत्वपुर्ण भ्रमणहरुमा निस्कनु अघि अवरुद्ध संसद खुलाएर जाने गरिएको स्मरण गर्दै उहाले संसद अवरुद्ध नै भएको अवस्थामा राष्ट्रसंघको महासभामा भाग लिन जानु लाजमर्दो कुरा भएको धारणा राखे ।

उनले लामो समयदेखि संसद अवरुद्ध हुदा पनि समस्या समाधान तर्फ सत्तारुढ दलहरुले वास्तै नभएको गुनासो गरे ।
विपक्षी दलले पुस ९ गते भएको ४ बुँदे सहमति कार्यान्वयनको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आएका छन् ।

उच्चस्तरिय राजनीतिक संयन्त्र गठन, अर्थमन्त्रीले गरेको प्रतिवद्धता पुरा हुनुपर्ने लगाएतका माग विपक्षीले राखेका छन् ।
संसदको बैठक अन्त्य गर्नु अघि सभामुख सुवासचन्द्र नेम्वाङले पनि संसद बैठक सुचारु गराउने तर्फ ठोस कदम चाल्न सत्तारुढ दलहरुको ध्यानाकर्षण गराएका थिए ।

उनले पटक पटक सरकारको ध्यानाकर्षण गराउदा पनि व्यवहारमा नदेखिएको भन्दै आक्रोस व्यक्त गरे । उनले पेश्की बजेटबाट धेरै दिन सरकार चल्न नसक्ने भन्दै बजेट पारित गर्ने विषयमा सवै पक्ष संवेदनशिल हुनु पर्नेमा जोड दिए । उनले प्रधानमन्त्री विदेश जाँदा अवरुद्ध संसद खुलाएर जानु राम्रो हुने भन्दै भोलि प्रधानमन्त्रीलाई विदाई गर्न जानु अघि संसद खुलेको हुनु पर्नेमा सवै दलहरुको ध्यानकर्षण गराए ।

संसद बैठक शुक्रबार फेरी १ बजे बस्ने गरी बोलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौं ।पूर्वपञ्चहरूको पार्टी राप्रपा अहिले महाधिवेशनमा लागेको छ । एकताको महाधिवेशन बुधबारबाट सुरु भएको छ । आज पार्टीको विधान पारित

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

आजको प्रमुख समाचार