फिफा बरियतामा नेपाल १७ स्थान तल झर्यो

२ आश्विन २०७१, बिहीबार १५:१० मा प्रकाशित

काठमाडौं, २ असोज । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरियतामा नेपाल १७ स्थान तल झरेको छ ।
फिफाले बिहिबार जारी गरेको नयाँ वरियतामा नेपाल १७ स्थान तल झर्दै १ सय ८३ औ स्थानमा पुगेको हो ।

दक्षिण एसियामा अफगानिस्तन १ सय ३५ औ स्थानका साथ अग्रस्थानमा रहेको छ । त्यस्तै मालदिभ्स १ सय ४५ औ स्थानमा रहदा भारत १ सय ५८ औ स्थानमा पुगेको छ ।
पाकिस्तान १ सय ७५ औ स्थानमा रहेको छ भने श्रीलंका १ सय ७६ औ स्थानमा रहेको छ ।

यसैगरी बंगलादेश १ सय ८१ औ स्थानमा रहेको छ । नयाँ वरियतामा विश्वकप विजेता जर्मनी पहिलो स्थानमा यथावत रहदा,अजेन्टीना दोस्रो स्थानमा यथावत रहेको छ ।
कोलम्विया १ स्थान माथि चढ्दै तेस्रो स्थानमा उक्लदा नेदरल्याण्डस १ स्थान तर झर्दै चौथो स्थानमा पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाल भलिबल संघ (एनभीए) ले बंगलादेशमा हुने प्रतियोगिताको लागि पहिलो चरणको महिला खेलाडी छनोट गरेको छ । रेश्मा भण्डारीलाई बाहिर

काठमाडौं।सुरुआती अग्रता जोगाउन नसक्दा फ्रेन्ड्स क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा छिमेकी थ्री स्टारसँग अंक बाँड्न बाध्य भएको छ ।

काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ८००औँ गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब आर्सनलविरुद्ध रोमाञ्चक जित हात

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा टोटनहमले सातौँ जित निकालेको छ । बिहीबार राति भएको खेलमा टोटनहमले ब्रेन्टफोर्डलाई २-० गाेल अन्तरले पराजित गरेकाे