च्याम्पियन्स लिग फुटबल, बार्सिलोनाको विजयी सुरुवात

२ आश्विन २०७१, बिहीबार ११:३४ मा प्रकाशित

Sportsएजेन्सी । बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बुधबार राति भएको समूह चरणको पहिलो खेलमा बार्सिलोनाले साइप्रस च्याम्पियन एपोइल निकोसियालाई १–० गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि निर्णायक गोल जेरार्ड पिकेले २८औँ मिनेटमा गरे । लिओनल मेसीको फ्रिकिकमा पिकेले हेड गोल गरेका हुन् ।

बल पोजिसनमा बार्सिलोनाले नियन्त्रण रहे पनि थप गोल भने गर्न सकेन । खेलको अन्त्यतिर एपोइल निकोसियाले पाएको राम्रो मौकालाई बार्सिलोनाका गोलरक्षकले असफल पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । इटालीयन सिरी ए मा युभेन्ट्सले सातौँ जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले सालेरनितानलाई २-० अन्तरले

काठमाडौं।साविक विजेता मच्छिन्द्र फुटबल क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले गोलरहित बराबरी खेलेसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो

काठमाडौं।ब्राजिलियन स्टार तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेयमार जुनियर घुँडाको चोटका कारण दुई महिना

काठमाडौं । अर्जेन्टिना तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले बालोन डी ओर अवार्ड जितेका छन्