चुनावकोलागी राष्ट्रिय सरकार गठन गरः थापा

१५ जेष्ठ २०६९, सोमबार १५:२३ मा प्रकाशित

काठमाडौ, १५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरुको अकर्मण्यता र सत्तालिप्साका कारण वर्तमान संविधानसभा स्वतः विघटन भएको भन्दै ताजा जनादेशका लागि वर्तमान सरकारले गरेको घोषणा स्वागतयोग्य रहेको बताउनुभएको छ । संविधान निर्माणका सम्पूर्ण प्रक्रियालाई एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस, नेकपा (एमाले) र मधेसी मोर्चाले स्थापित विधि र प्रक्रियालाई मिचेर जनतालाई कुठाराघात गरेको पनि उहाँले आरोप लगाउनुभयो । राप्रपा नेपाल, केन्द्रीय कार्यालयले बालुवाटारमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले ऐतिहासिक संविधानसभालाई मृत्युवरण गर्न बाध्य तुुल्याएका दलहरुले गरेको जघन्य अपराधको राप्रपा नेपाल घोर विरोध र भत्र्सना गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी