एमाले र काग्रेसद्धारा प्रधानमन्त्रीको कदम असम्बैधानिक भएकोको निष्कर्ष

१५ जेष्ठ २०६९, सोमबार १५:२० मा प्रकाशित

काठमाडौ, १५ जेठ । नेकपा एमाले र नेपाली काग्रेसले संविधानसभा विघटन गरेर नयाँ चुनावको घोषणा गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको निष्कर्ष निकालेको छ । एमालेको आज बसेको स्थायी समितिको बैठकले नया निर्वाचन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको ठहर गरेको हो । एमालेले तत्काल पदबाट राजिनामा दिन पनि प्रधानमन्त्रीलाई आग्रह पनि गरेको छ ।
त्यस्तै नेपाली काङ्गे्रसले प्रधानमन्त्री डा बाबुराम भट्टराईले आउँदो मङ्सिर ७ गतेका लागि घोषणा गर्नुभएको संविधानसभाको निर्वाचन असंवैधानिक भएको जनाएको छ । पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा आज बिहान पार्टीका पदाधिकारी तथा राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको छलफलले प्रधानमन्त्रीले घोषणा गरेको भनिएको निर्वाचनको प्रक्रिया गैर–संवैधानिक भएको ठहर गर्दै प्रधानमन्त्रीको राजीनामा आउनुपर्ने निष्कर्षसमेत निकालेको छ । छलफलपछि केन्द्रीय सदस्य दीपक गिरीले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक रहेको, प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने र तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्ने दिशामा लाग्नुपर्ने ठहर गरेको जानकारी दिनुभयो । उहाँले आजको छलफल राष्ट्रिय सरकार निर्माणतर्फ केन्द्रित रहेको र राष्ट्रिय सहमतिको सरकारले मात्र निर्वाचन गराउन सक्ने भएकाले तत्काल प्रधानमन्त्रीले राजीनामा दिनुको विकल्प नभएको बताउनुभयो । संविधानसभा भङ्ग भइसकेको र हाल कुनै पनि जननिर्वाचित निकाय नभएकाले निर्वाचनको मिति तोक्ने प्रधानमन्त्रीको कदम गैर–संवैधानिक हुने र त्यस्तो सरकारले गरेका काम पनि असंवैधानिक हुने भएकाले तत्काल ठोस निष्कर्षमा पुग्नुपर्ने ठहरसमेत बैठकले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको