बैद्य पक्षद्वारा प्रधानमन्त्रीको राजिनामा माग

१५ जेष्ठ २०६९, सोमबार ११:४३ मा प्रकाशित

काठमाडौ, १५ जेठ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्यले संविधानसभा भङ्ग भइसकेको अवस्थामा संवैधानिक हैसियत स्वतः समाप्त भएकोले यो सरकार काम चलाउ सरकारमा परिणत हुन गएको बताउनुभएको छ । आज एक बिज्ञप्ती निकालेर उपाध्यक्ष बैद्यले जेठ १४ गते मध्यरातमा प्रधानमन्त्रीद्वारा सार्वजनिक सम्बोधनमार्फत २०६९ मङ्सिर ७ गते षड्यन्त्रमूलक ढङ्गबाट संविधानसभाको निर्वाचन पुनः गर्ने घोषणा गर्नु असंवैधानिक भएको उल्लेख गर्नु भएको छ । यसले देशभक्त तथा परिर्वतनकामी नागरिकमा गम्भीर प्रकारको आघात पु¥याएको बताउँदै उहाँले रानीतिक दलहरूको सहमति नलिइएको र संवैधानिक व्यवस्था पनि नभएको स्थितिमा प्रधानमन्त्रीको यो घोषणा स्वतः असंवैधानिक भएको टिप्पणी गर्नु भएको छ । अविलम्ब यो सरकारको राजिनामाको माग गर्दै विज्ञप्तीमा सर्वदलीय राजनीतिक सहमति कायम गरी संविधानसभाको निर्वाचनलगायत सम्पूर्ण राजनीतिक निकास र नीतिगत निर्णयसम्बन्धी कामको व्यवस्था गर्नेबारे तत्काल आवश्यक पहल लिन सबै राजनीतिक दलसँग अनुरोध गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।