सुदुरपश्चिममा जारी आमहड्ताल फिर्ता, जनजीवन सामान्य हुदै

१५ जेष्ठ २०६९, सोमबार ११:४१ मा प्रकाशित

कन्चनपुर, १५ जेठ । अखण्ड सुदुरपश्चिमको माग गर्दै विगत ३२ दिन अघिदेखि सुरु भएको सुदुरपश्चिममा जारी आमहड्ताल आज बिहानबाट फिर्ता भएको छ । बन्द फिर्ता भएपछि धनगढी, अत्तरियालगायतका यस क्षेत्रका बजार खुलेका छन भने यातयात, कलकारखाना  संचालन भएपछि दैनिक जनजीवनसमेत सामान्य हुदै गएको छ । संविधानसभा नै भंग भएको अवस्थामा  अखण्ड सुदुरपश्चिमको मागसमेत संविधानसँग जोडिएका कारण हालको जारी आन्दोलन स्थगित गरिएको अखण्ड सुदुरपश्चिम संर्घष समिति कैलालीका संयोजक गोपाल देउवाले बताउनुभयो ।  लगातारको बन्दका कारण तराईका कैलाली कंचनपुरलगायत सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लाको जनजीवन अस्तब्यस्त बन्न पुगेको थियो । वैशाख १५ गतेबाट अखण्ड सुदुरपश्चिमको माग गर्दे विभिन्न संगठनले गरेको बन्द जेठ ३ गते खुलेको  भएपनि पुन थरुहट थरुवान क्षेत्रको माग गद बन्द जारी थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस