एमाले र परिवार दल सरकाबाट बाहिर, सरकारको कदमको सर्वत्र विरोध

१५ जेष्ठ २०६९, सोमबार ०९:५५ मा प्रकाशित

काठमाडौ, १५ जेठ । सरकारले सहमति विना असम्बैधानिक रुपमा संविधानसभाको नयाँ निर्वाचनको घोषण गरेको भन्दै नेकपा एमाले र नेपाल परिवार दलका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले राजिनामा गरेका छन् ।
एमाले महासचिवसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोख्रेलले पाँच बुँदे सहमतिको आधारमा बनेको सरकार सहमतिबाट पछि हटेको आरोप लगाउँदै सहमति पालना गरेर अगाडि बढेन नसक्दा सरकार असफल भएकोले राजिनामा दिनु परेको स्पष्ट पारेका छन् ।
उनले शान्ति र संविधानकालागी राष्ट्रिय सहमतिका साथ अगाडि बढ्न असक्षम भएको  अवस्थामा प्रधानमन्त्रीको समेत राजिनामा मागेका छन् ।
यता नेपाल परिवार दलका तर्फ सरकारमा सहभागी एकनाथ ढकाल पनि राजिनामाको अन्तिम तयारीमा रहेका छन् । उनले अपरान्ह पत्रकार सम्मेलन गरी राजिनामा दिने तयारी गरिरहेका छन् । उनले हिजै मन्त्रीपरिषदको बैठकमा समेत प्रधानमन्त्रीको आलोचना गरेका थिए ।
यसैवीच सरकारले संविधानसभा विघठन गरी सहमति विना निर्वाचनको घोषणा गरेको भन्दै एकीकृत नेकपा माओवादीको मोहन बैद्य समूहले पनि विरोध गरेको छ । उसले एक विज्ञप्ति प्रकाशित गरेर तत्काल प्रधानमन्त्रीको राजिनामा र सहमतिको राष्ट्रिय सरकार गठनको माग गरेको छ ।
मातृका यादवले नेतृत्व गरेको नेकपा माओवादी र नेकपा संयुक्त माक्र्सबादीले पनि विरोध गर्दै आजको दिनलाई संविधानसभा विघठन भएको कालो दिनको संज्ञा दिएका छन् । एमाले र काग्रेसले भने हिजै आपत्ति प्रकट गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा