गणतन्त्र दिवसको कार्यक्रम सरकार बहिरका दलहरुद्धारा बहिस्कार

१५ जेष्ठ २०६९, सोमबार ०९:४९ मा प्रकाशित

काठमाडौ, १५ जेठ । आज पाँचौ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ ।   २०६५ सालमा आजकै दिन संविधान सभाको पहिलो बैठकबाट नेपाललाई लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको सुचीमा राखिएको सम्झनामा  दिवस मनाउन थालिएको हो । १० वर्षे माओवादी सशस्त्र युद्ध र १९ दिने जनआन्दोलको सफलतापछि नै २ सय ४० वर्षे इतिहास बोकेको राजतन्त्रको अन्त्य भइ नेपालमा गणतन्त्र आएको हो । दिवसको अवसरमा राष्ट्रपति डा रामबरण यादवले मुलुकको जटिल अवस्थामा दिवसले आपसी भाइचारा र सामाजिक सद्भावकायम सकोस भनेर सुभकामना दिनुभएको छ । देश  विदेशमा रहेका नेपालीहरु एकवद्ध भएर देश र नागरिकको हितमा लाग्नुपर्ने सन्देशमा भनिएको छ । दिवसकै अवसरमा आज राजधानीको टुडीखेलमा हुने विशेष कार्यक्रममा  प्रधानमन्त्री डा बाबुराम भट्टराई र राष्ट्रपति डा रामवरण यादवले अवलोकन गर्नु हुने भएको छ । सरकारले पनि यस अघि नै जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउने घोषणा गरि सकेको छ । दिवसरका अवसरमा आज सार्वजनिक विदा पनि दिइएको छ । तर गणतन्त्र ल्याउने संविधानसभा नै गएरातिस्वत विघटन भएपछि भने नागरिक निरास भएका छन् । संविधान निर्माणको कार्यभार पुरा गरेर गणतन्त्रको सस्थागत रुपमै  विकास गर्नपर्न वेलामा देशमा संवैधानिक संकट आएकाले अव के होला भन्ने अन्योलता थपिएको छ ।
यसैवीच गणतन्त्र दिवस मुल आयोजक समितिले सैनिक मन्चमा आयोजना गरेको गणतन्त्र दिवसको कार्यक्रम सरकारबाट बाहिर रहेका एमाले, काग्रेस सहित अन्य दलहरुले बहिस्कार गरेका छन् । ति पार्टीहरुले औपचारिक रुपमा बहिस्कार नभने पनि समारोहमा अनुपस्थित रहेर आफ्नो असहमति जाहेर गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको