Krishna KC Presentation- Media Forum

२० जेष्ठ २०७१, मंगलवार ०७:११ मा प्रकाशित

तेज राइ। क्यालिफोर्निय
क्यालिफोर्निया राज्यको पर्यटकीय शहर सान फ्रान्सिस्को, गोल्डेन गेट पार्कको खुला चौरमा मे ३१ तारिख शनिबारका दिन गैर नाफामुखी संस्था युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका, क्यालिफोर्निया च्याप्टरको आयोजनामा यस क्षेत्रमा बसोबास गर्ने किराती समुदायका राईहरुले आफ्नो उभौली चाड साकेला मनाएका छन । यो चाड किरांत राईहरुले खेती लगाउने बेला बैसाखे पुर्णिमा पछि १५ दिनसम्म उभौली र खेती उठाउने बेला मंग्सिरे पुर्णिमाको बेला उधौली साकेला मनाउने चलन छ त्यसमध्ये बैशाखे पुर्णिमाको पालामा उभौली बढि महत्वका साथ् संसार भरि छरिएर रहेका राईहरुले मनाई आएका छन्।
निकैबेरसम्मको एकोहोरो ढोल्झ्याम्टाको नचाई संग-संगै साकेलाका बिभिन्न गीतहरुमा पनि नाचिएको थियो; यसै क्रममा विभिन्न संघ-संस्थाका अध्यक्षहरुलाई खादा लगाएर साकेलामा स्वागत गरिएको थियो। संस्थाका अर्का केन्द्रिय बोर्ड अफ् डाइरेक्टर तथा सबिका थापा उद्धार कोषका संयोजक यान राईले जम्मा २,३०८.०० अमेरिकी डलर संकलन भई सकेको, अब नउठाइने र तुरुन्तै बिरामीलाई पठाउने जानकारी दिनु भयो। अन्तमा अध्यक्ष श्रीमती रत्ना राईले सबैलाई उपस्थित भएर साकेला सफल बनाई दिनु भएकोमा धन्यबाद दिंदै पहिलो चरणको कार्यक्रम समापन गरिएको थियो।
दोश्रो चरणको कार्यक्रममा नवगायक दिनेश पोख्रेलको गित, नेवा अर्गनाइजेशन अफ अमेरिका, क्यालिफोर्निया च्याप्टरको तर्फबाट प्रस्तुत प्रख्यात नेवारी लाखे नाचले थप रमाइलो दिएको थियो भने पुन: रहर पुगुन्जेलसम्म साकेला नचाइएको थियो।
कार्यक्रम अवधिभरि राईहरु आफ्नो कार्यक्रम कमि कमजोरी नहोस् भनेर सबैजना दत्तचित्त भएर खटिएको देखिन्थ्यो; समग्रमा यसपालीको साकेला बिगतका बर्षहरुभन्दा उत्कृष्ठ देखिएको थियो।

आजको प्रमुख समाचार