परिवार नियोजन दिवस मनाईदै

२ आश्विन २०७१, बिहीबार ०८:३० मा प्रकाशित

काठमाडौ २ असोज।  आज सेप्टेम्बर १८ तारिख पहिलो परिवार नियोजन दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाईदै छ ।

व्यवस्थित परिवारः स्वास्थ्य र विकासको आधार भन्ने मूल नारा तय गरिएको छ ।

परिवार नियोज दिवसको अबसर पारेर विभिन्न स्वास्थ्यसँग सम्बन्धीत संघ सस्था र सरकारी तवरबाट विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

दिवसको अबसरमा स्वास्थ्यमन्त्री खगराज अधिकारीले शुभकामना दिँदै परिवार नियोजनको महत्वलाई सवै क्षेत्र एबं बर्गाका मानिसहरुको ध्यानाकर्षण गर्न र सेवालाई अझ सुदृढ पार्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन ।

नेपालमा परिवार नियोजन सन् १९५९ बाट सुरु भएको मानिन्छ । पछिल्लो पटक जारी भएको राष्ट्रिय स्वास्थ्य नीति २०७१ मा पनि परिवार नियोजन लगायत यौन तथा प्रजनन स्वास्थ्यलाई एकीकृत सेवाको रुपमा लैजाने उल्लेख गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिवार नियोजन कार्यक्रमलाई थप सुदृढ गर्न अर्को बर्ष देखि २०२० सम्मको योजना समेत तयार पारिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सेनेन्द्रराज उप्रेतीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई सौराहामा खान र बस्नको व्यवस्था गरिएको छ

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने