एमाले बैठक एक महिना पछि

२ आश्विन २०७१, बिहीबार ०७:४८ मा प्रकाशित

काठमाडौ २ असोज । एमालेले असोज १० का लागि निर्धारित केन्द्रीय कमिटी बैठक एक महिना पछि सारेको छ ।

दसैं तिहार लगायतको चाड परेकाले बैठक पछि सारिएको हो । एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार चाडपर्वको समयमा बैठक राख्दा अव्यवहारिक हुने भन्दै नेताहरुले नै सार्न आग्रह गरेका थिए ।

केन्द्रीय कमिटीको बैठक नै पर सरपछि पोलिटब्यूरो, स्थायी कमिटीको चयन लगायतको काम पनि अब पछि सरेका छन् । असारमा महाधिवेशन सकिएपनि अहिलेसम्म पोलिट ब्यूरो र स्थायी कमिटी बनेको छैन । पार्टीका संस्थागत निर्णय गर्ने कमिटीहरु नहुँदा अध्यक्षले गरेका निर्णयहरुमाथि पार्टीमा प्रश्न उठिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार