प्रधानमन्त्री कोइराला सरकार बिस्तारको तयारीमा

२ आश्विन २०७१, बिहीबार ०५:५३ मा प्रकाशित

Sushil-Koirala-BIGकाठमाडौं, १ असोज । सरकारको काम कारबाही प्रभावकारी हुन नसकेको आरोप खेपिरहेका प्रधानमन्त्री सुशील कोइराला अन्तत आफ्नो सरकारलाई पूर्णता दिएर मात्रै राष्ट्र संघिय महासभामा सहभागी हुन त्यस तर्फ लाग्ने तयारीमा जुटेका छन् । सरकाको मुख्य साझेदार दल एमालेले रिक्त रहेका मन्त्रालयहरुमा मन्त्री थप्न सहमति दिए लगत्तै प्रधानमन्त्री कोइराला सरकारलाई पूर्णता दिएर बाँकि रहेका स्थानमा मन्त्रि थप्ने तयारीमा जुटेका हुन् ।

रिक्त रहेको मन्त्रालयमध्य रक्षा, सहकारी तथा गरिवी निवारण, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय प्रधानमन्त्रीले कोइराला आफैले सम्हाल्दै आएका छन् ।

प्रधानमन्त्री निकट अर्थ मन्त्रि रामशरण महतले आफुलाई उप प्रधानमन्त्रिमा बढुवा गरिनु पर्ने सर्त राख्दै आएको कारण असहज अवस्थामा परेका कोइराला अर्जुन  नरसिंह केसी, आनन्द ढुंगाना र दिलेन्द्र बडू मध्यबाट दुईलाई मन्त्रि मण्डलमा  सहभागी गराउने पक्षमा रहेका छन् भने एमालले आफ्नो भागको मन्त्रालयको नाम प्रधानमन्त्री कोइराला समक्ष बुझाई सकेको छ ।

थपिने मन्त्रिहरुमा कांग्रेसका तर्फ बाट आनन्द ढुंगाना रक्षा र दिलेन्द्र बडू वा अर्जुन नरसिंह केसी शान्ति, एमालेले विज्ञान प्रविधि तथा वातवरण र सहकारी तथा गरिवी निवारण मन्त्रालय लिने समझदारी भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । यसअघि कांग्रेस र एमालेले दश, दश मन्त्रालय लिएका छन भने राप्रपाले एक र नेकपा (माले) ले एक मन्त्रालय पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा

काठमाडौँ । निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न

काठमाडौँ, १९ साउन (रासस): नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो