मह जोडी सहितको चर्चित हाँस्य कलाकारहरुको समूह लस एन्जलस आइपुग्यो, महजात्रा सुरु

२ आश्विन २०७१, बिहीबार ००:५७ मा प्रकाशित

Maha in LAपुरुषोत्तम ढकाल, लस एन्जलस, क्यालिफोर्निया, १ असोज । वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह जोडी र चर्चित नेपाली हाँस्य कलाकारहरुको समूह आफ्नो सदाबहार प्रस्तुति महजात्रा प्रस्तुत गर्ने क्रममा मंगलबार लस एन्जलस आइपुगेको छ । स्थानिय पशुपतिनाथ फाउन्डेसनले लस एन्जलसको नर्वाल्कस्थित  पशुपतिनाथ बुद्ध मन्दिरको सहयोगार्थ आयोजना गर्ने कार्यक्रममा मह जोडीले महजात्रा र चर्चित नेपाली हाँस्य कलाकारहरुको समूहले विविध हाँस्य व्यंग प्रस्तुत गर्ने छन् । आयोजक पशुपतिनाथ फाउन्डेसनका उपाध्यक्ष ऋषि ढकालले दिएको जानकारी अनुसार समुहमा महजोडी, आचार्य पत्नी रमिला, छोरा मोहितवंश, मदनकृष्णका छोरा यमन, कालकाकारहरू किरण केसी, शिवहरि पौडेल, वसुन्धरा भूषाल र छायाँकार गौरीशंकर ध्वजु सहितको समूह मंगलबार लस एन्जलस आइपुगेको हो । मह जोडी र चर्चित नेपाली हाँस्य कलाकारहरुको समूहले तीन महिनाका लागि अमेरिकाका विभिन्न राज्यहरुमा स्थानिय सामाजिक संस्थाको सहयोगार्थ कार्यक्रम प्रस्तुत गर्ने छन् । आयोजकहरुका अनुसार मह जोडी र चर्चित नेपाली हाँस्य कलाकारहरुको समूहले अमेरिकाका झन्डै २५ राज्यमा कार्यक्रम आयोजना गर्ने योजना रहेको छ  ।
आगामी सेप्टेम्बर २१ तारिख आइतबार पशुपतिनाथ फाउन्डेसनले लस एन्जलसको नर्वाल्कस्थित पशुपतिनाथ बुद्ध मन्दिरको सहयोगार्थ आयोजन हुने मह जात्रा स्थानिय लंग विचस्थित जोर्डन हाइ स्कुलको हलमा प्रस्तुत गरिने छ । आयोजक पशुपतिनाथ फाउन्डेसनका उपाध्यक्ष एवं बाणिज्य दुत ऋषि ढकालका अनुसारमह जोडी र चर्चित नेपाली हाँस्य कलाकारहरुको समूहको बेजोड हाँस्य प्रस्तुति मह जात्रामा दक्षिण क्यालिफोर्नियाको लस एन्जलसमा बस्ने नेपाली मुलका झन्डै १५०० नेपालीहरुको सहभागिता हुने अनुमान सहित स्थानिय लंग विचस्थित जोर्डन हाइ स्कुलको हल ब्यबस्थापन गरिएको छ । उपाध्यक्ष एवं बाणिज्य दुत ऋषि ढकालले मह जोडी र चर्चित नेपाली हाँस्य कलाकारहरुको समूहलाई लस एन्जलसमा निम्त्याउन पाउनु आफैमा स्वर्णिम अवशर भएको हुँदा यस क्षेत्रका सम्पूर्ण नेपाली अमेरिकनलाई महाजात्रामा सहभागी हुन आग्रह गर्दै पशुपतिनाथ बुद्ध मन्दिर निर्माणको पवित्र कार्यमा सहभागी हुन अनुरोध गरेका छन् । उपाध्यक्ष एवं बाणिज्य दुत ऋषि ढकालले दिएको जानकारी अनुसार आइतबार आयोजना हुने महाजात्रालाई स्थानिय २७ व्यापारिक प्रतिष्ठानले साझेदारी जनाएका छन् । व्यापारिक प्रतिष्ठानबाट भएको साझेदारीबाट मात्र झन्डै ३० हजार डलर संकलन भैसकेको छ ।

महाजात्रा कार्यक्रम: स्थान:
लंग विचस्थित जोर्डन हाइ स्कुलको हल
मिति: सेप्टेम्बर २१ तारिख आइतबार
समय: साँझ ६;३० बजे
टिकट दर: ३५, ५० र १००/-

प्रतिक्रिया
सम्बन्धित खवर

बलिउड अभिनेत्री अलाया एफ सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनी प्राय: आफ्ना हट र बोल्ड तस्वीरहरु फ्यानहरुसँग सेयर गर्छिन्। अहिले

एजेन्सी । बलिउड अभिनेता ज्याकी श्रफकी छोरी कृष्णा श्रफ आफ्नो बोल्डनेशका कारण प्राय चर्चामा आईरहन्छिन् ।फिल्मी तथा ग्ल्यामरस क्षेत्रबाट दुरी बनाएकी

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई भारत छोड्न प्रतिबन्ध लगाइएको छ । उनलाई आइतबार मुम्बई विमानस्थलमा रोकिएको हो । उनी

निया शर्मा एक अभिनेत्री हुन् जसको चर्चा अभिनय वा मोडलिङभन्दा सामाजिक सञ्जालमा गरिएको पोष्टको कारण निकै चर्चित हुने गरेकी छिन्