छठपछि राजसंस्था र हिन्दूराज्य फर्काउनेगरि आन्दोलन गर्ने चेतावनी

१ आश्विन २०७१, बुधबार २०:१९ मा प्रकाशित

काठमाडौं, १ असोज । राजसंस्थावादी र हिन्दूअधिराज्यवादी वृहत्त संघर्ष समितिले आगामी बन्ने संविधानमा राजा सहितको हिन्दू अधिराज्य र राष्ट्रियता सहितको प्रजातन्त्र नलेखिए छठ पर्वपछि सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।
संघर्ष समितिले अब बन्ने नयाँ संविधानमा राजा सहितको हिन्दू अधिराज्य र राष्ट्रियता सहितको प्रजातन्त्र नलेखिए आम जनताहरुको धर्म, संस्कृतिलाई कदर गर्दै छठ पर्वको लगत्तै आफूहरु शसक्त संघर्षमा उत्रने बताएको हो ।
संघर्ष समितिका मूख्य संयोजक किशोरी महत्वोले हालै सरकारद्धारा आयोजित राष्ट्रिय राजनीतिक सम्मेलन स्थगित भएर ठूला दलहरुको पर्दाफास भएको भन्दै दलीय सहमतीको नाममा जनतालाई झूक्याउने काम अब आफूहरुलाई सह्य नहुने चेतावनी दिएका छन् । उनले भने–राजासंग गरिएको सम्झौता शर्त अनुसार पालना गरि सवै मिलि नेपालको संविधान नेपालीले नै बनाउनुपर्छ । राजासँग भएको सम्झौता आवश्य प¥यो भने हामी सार्वजनिक गर्न पनि तयार छौं ।
महत्वोले राजा र हिन्दू अधिराज्इ लाई पाखा लगाउने गरि राष्ट्रिय राजनीति अगाडी बढे आफूहरु त्यसको घोर विरोधमा उत्रने पनि चेतावनी दिएका छन् । उनले विगतमा तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला र राजावीच भएको सहमती तत्काल कार्यन्वयन हुनुपर्ने पनि जोडदार माँग राखेका छन् ।
त्यस्तै संघर्ष समितिकी प्रवतक्ता अस्मिता भण्डारीले नेपालमा हिन्दू अधिराज्य स्थापित गर्न आफूहरु निरन्तर संघर्षमा रहेको जानकारी दिँदै अब बन्ने संविधानमा राजालाई सम्बोधन नगरिए आफूहरु कडा भन्दा कडा संघर्षमा उत्रने समेत चेतावनी दिएकिछिन् । भण्डारीले यो वा त्यो बहानामा आफूहरुलाई सँख्यात्मक हिसावले सानो शक्तिका रुपमा नहेर्न समेत आग्रह गरेकीछिन् ।
संघर्ष समितिले बहिष्कारवादी ३३ दलीय मोर्चाको नाईके नेकपा माओवादीको दोधारे नीतिका कारण नेपालमा धर्म संघर्ष हुन सक्ने बताएको छ । त्यस्तै मोर्चाले मधेशवादी दलहरु एक जुट नभई व्यक्तिगत स्वार्थमा फसेर संघियताको नाममा एकिकृत माओवादीको पुच्छर बनेर जातीय द्धन्द्धमा फस्न खोजेको आरोप समेत लगाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । नयाँ कमिटीमा नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक(आईजीपी)

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

आजको प्रमुख समाचार