निर्वाचन घोषणापछिको अवस्थामा काङ्ग्रेस र एमाले रणनीति तय गर्दै

१५ जेष्ठ २०६९, सोमबार ०९:३९ मा प्रकाशित


काठमाडौ, १५ जेठ । सरकारका तर्फबाट ताजा जनादेशका लागि निर्वाचनको घोषणा गरेपछि नेपाली काङ्ग्रेस र नेकपा एमालेले अबको रणनीतिको बारेमा छलफल गर्दैछन् । एकीकृत नेकपा माओवादीले दलहरुलाई सहमतिमा नलिई सरकारका तर्फबाट निर्वाचनको घोषणा गरेपछि आफ्नो भावी रणनीति तय गर्न दुईदल आज छलफलमा जुट्ने भएका छन् । नेकपा एमालेका सचिव युवराज ज्ञवालीले नेताहरुबीच अनौपचारीक छलफल भइरहेको र आजै स्थायी समितिको बैठक पनि बस्ने जानकारी दिनुभयो । अहिले नै कुन तहको रणनीति बनाउने भन्ने विषयमा टुङगो लागेको छैन अब स्थायी समिति, केन्द्ीय समितिका बैठक गरेर एउटा निस्कर्षमा पुग्छौ ज्ञवालीले भन्नुभयो । उहाँले निर्वाचनको विपक्षमा रहेका अरु दलहरुसँग पनि एमालेले छलफल चलाउने बताउनुभयो । नेपाली काङ्ग्रेस पनि आन्तरिक छलफलमा रहेको छ । उच्चतहका नेताहरुबीच अहिले बिहान सभापति शुसील कोइरालाको महाराजगञ्जस्थित निवासमा छलफलको तयारी भइरहेको छ । महामन्त्री कृष्णप्रसाद सिटौलाले अब सरकारको कदम विरुद्ध रणनीति तय गर्ने र त्यसका लागि छलफल भइरहेको बताउनुभयो । अरु सानदलहरुले पनि आज विगतको समीक्षाका लागि भन्दै आफ्ना आफ्ना दलका बैठक बोलाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ