हामीसंग औपचारीकता पुरा गर्न खोजीयोः वैद्य

१ आश्विन २०७१, बुधबार २०:१२ मा प्रकाशित

ललितपुर, १ असोज । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले गोलमेच सम्मेलनको नाममा दलहरुले आफूहरुका मागलाई झारा टार्ने ढंगले प्रस्तुत भएको आरोप लगाएका छन् ।

मुख्य दल भन्नेहरुले आफुलाई औपचारिता निभाउन सर्वदलीय सम्मेलनको नाटक मात्र गरेकाले सम्मेलन बहिस्कार गरेको बैद्यको दावी छ ।

३३ दलीय मोर्चाको मागलाई सम्बोधन गर्नुको साटो झारा टार्ने र टालटुले पाराले सरकार र राजनीतिक दलले गोलमेच सभाको नाटक गरेको बैद्यले टिप्पणी गरे । ललितपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै वैद्यले संविधानसभालाई अधिकार सम्पन्न बनाएर छलफल गर्ने सहमति विपरित दलहरु अघि बढेका कारण सर्वपक्षीय राजनीतिक सभा बहिष्कार गरेको तर्क गरे ।

दलहरु सर्वपक्षिय गोलमेच सम्मेलनको विधि, प्रक्रिया आफुलाई चित्तवुझ्दो नभएको भन्दै विगतमा आफूहरुले पेश गरेको गोलमेच सम्मेलनको ८ बुदे एजेन्डाप्रति पनि गम्भीर नभएको बताए ।

उनले जनयुद्धकालीन मुद्वा ब्युत्याउने, सहिद तथा बेपत्ताको परिवारप्रति उदासीन तथा विगतमा भएका असमान सन्धि–सम्झौता पुर्नमूल्यांकन नभएसम्म आन्दोलन जारी राख्ने चेतवनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई सौराहामा खान र बस्नको व्यवस्था गरिएको छ

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने