आईपीएलको उपाधि कोलकत्ता नाइट राइर्डसलाई

१५ जेष्ठ २०६९, सोमबार ०९:३३ मा प्रकाशित

काठमाडौ, १५ जेठ । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको उपाधि कोलकत्ता नाइट राइर्डसले जितेको छ । रोमान्चक फाइनलमा पूर्व विजेता चेन्नई सुपर किङ्ग्सलाई ५ विकेटले पराजित गर्दै कोलकत्ताले पहिलो पटक उपाधि उचालेको हो । हारपछि चेन्नई भने उपाधिमा हृयाट्रिक गर्नबाट असफल भएको छ । चेन्नईले प्रस्तुत गरेको १ सय ९१ रनको लक्ष्य कोलकत्ताले २ बल बाँकी छँदा ५ विकेटको क्षतिमा भेटाएको थियोे । यसअघि पहिले व्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९० रन बनाएको थियो । उसका लागि सुरेश रैनाले ७३, माइक हसीले ५४ र मुरली विजयले ४२ रन जोडेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नर्दन आयरल्यान्डविरुद्ध सहज जितसँगै नर्वेले यूइएफए महिला युरो च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । बिहीबार राति साउथह्याम्पटनमा भएको

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई यसै खेलाडी ट्रान्सफरमा बेच्न म्यानचेस्टर युनाइटेड तयार भएसँगै उनी कुन क्लबमा जान्छन् भन्ने कौतुहलता बढेको छ

काठमाडौं । भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जमैका तल्लावाजबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् । आगामी