मंसिर ७ गतेकालागी अर्को संविधानसभाको निर्वाचन गर्ने निर्णय प्रस्ताव, एमाले , राप्रपा, माले र संयूक्तद्धारा बैठक बहिस्कार

१४ जेष्ठ २०६९, आईतवार २३:०४ मा प्रकाशित

काठमाडौ, १४ जेठ । मन्त्री परिषदको बैठकले आगामि मंसिर ७ गतेकोलागी संविधानसभाको अर्को निर्वाचन गर्ने निर्णय गरेको छ  । आज बसेको मन्त्री परिषदको बैठकले त्यस्तो निर्णय गरेको महिला बालबालिका तथा समाज कल्याण मन्त्री बद्रीप्रसाद न्यौपानेले जानकारी दिए ।
प्रधानमन्त्रीले मंसिर ७ गतेकालागी नयाँ संविधानसभाको निर्वाचन प्रस्ताव गरे पछि नेकपा एमाले, राप्रपा, नेकपा माले र नेकपा संयूक्तले मन्त्री परिषदको बैठक बहिस्कार गरेका थिए ।
उपप्रधानमन्त्री ईश्वर पोख्रेलले  दलहरुवीच भएको छलफल  वीपरित प्रधानमन्त्रीले निर्वाचनको प्रस्ताव ल्याएको भन्दै त्यसमा आफुहरु सहमत हुन नसकेकोले बैठक बहिस्कार गरेको जानकारी दिए ।
मन्त्री पोख्रलले दलहरुसँग सहमति नै नगरी संविधानमा कुनै आधार नै नभई फेरि संविधानसभाको निर्वाचनको घोषणाको तयारी गरेको भन्दै ४ वर्षमा संविधानसभाले काम गर्न नसकेको विषयमा जानकारी नै नदिई विनाआधार संविधानसभाको निर्वाचन फेरि गर्न लागेकोले आफूहरुले बैठक बहिस्कार गरेको बताए ।
पोख्रेलले प्रधानमन्त्री पेलेर अगाडि बढ्ने सोचका साथ अगाडि बढेको भन्दै सहमति विपरित प्रधानमन्त्री अगाडि बढे एमालेले सरकार समेत छाड्ने चेतावनी दिए ।
राप्रपाको तर्फबाट मन्त्री बनेका पर्शुराम खापुङले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्छु भन्ने प्रधानमन्त्रीले सहमतिकोलागी राजिनामा दिनुको साटो अरु दलहरुसँग सहमतिनै नगरी निर्वाचनको प्रस्ताव ल्याएको भन्दै आफ्नो दलमै छलफल नभएको अवस्थामा आफुहरुले बैठक बहिस्कार गरेको र आवश्यक परे सरकार समेत छाड्ने बताए ।
मालेका तर्फबाट मन्त्री बनेका कुमार बेलबासे र नेकपा संयूक्तको तर्फबाट मन्त्री बनेका चन्द्र देव जोसीले पनि बैठक बहिस्कार गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार