संविधान जारी हुन नसक्ने निष्कर्ससहित दलहरु विकल्पको खोजीमा

१४ जेष्ठ २०६९, आईतवार १९:३१ मा प्रकाशित

काठमाडौ, १४ जेठ । आज रातीसम्म भए पनि सहमति भएका बुदालाई समेटेर संविधान जारी गर्ने प्रयासमा रहेका दलहरु अब संबैधानिक प्रक्रिया अनुसार पनि संविधान जारी गर्न नसक्ने निष्कर्समा पुगेका छन् ।
सभामुख सुवास चन्द्र नेम्वाङको कार्यकक्षमा जारी मधेसी मोर्चा सहित तीन दलका शिर्ष नेताहरुको बैठकले त्यस्तो निष्कर्स निकालेर विकल्पको विषयमा छलफल समेत थालिसकेको छ ।
माओवादी सचिव पोष्टबहादुर बोगटीले संबैधानिक प्रक्रिया अनुसार पनि अब संविधान जारी गर्न नसकिने भन्दै शिर्ष नेताहरु संविधानसभा नरहेको र संविधान पनि जारी नभएको अवस्थामा कस्तो विकल्प जाने भन्ने विषयमा दलहरुवीच छलफल भएको जानकारी दिए ।
एमाले नेता केपी ओलीले पनि समय ढिला भईसकेको भन्दै अब संविधान जारी हुने सम्भावना नरहेको बताए । उनले संविधानसभा नरहँदाको अवस्थामा अब निर्वाचन वा अन्य कुन विकल्पमा जाने भन्ने विषयमा छलफल जारी रहेको बताए ।
दलहरुवीच संघीयताको विषयमा सहमति बन्न नसक्दा नयाँ संविधान जारी हुने सम्भावना टरेको हो । माओवादी र मधेसी मोर्चाले एकल जातीय पहिचान सहितको प्रदेश हुनु पर्ने अडान कायम राखेका थिए भने एमाले र काग्रेसले बहुजातीय पहिचानसहितको संघीय प्रदेश हुुनु पर्ने अडान कायम राखेका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको