जनजाती ककसद्धारा बहुपहिचान यूत्त प्रदेशको नामकारणमा सहमति प्रदान

१४ जेष्ठ २०६९, आईतवार १६:१२ मा प्रकाशित

काठमाडौ, १४ जेठ । एकल जातीय पहिचानको मुद्दा उठाउँदै आएको आदीबासी जनजाती सभासदहरुको समूह ककसले बहुपहिचान हुने गरी प्रदेशको नामाकरण गर्न शिर्ष नेताहरुसँग सहमति गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारामा बसेको मधेसी मोर्चा सहितको तीन दलका शिर्ष नेताहरुको बैठकमा आमन्त्रीत आदीबासी जनजाती ककसका प्रतिनिधिले जातीयलाई अगाडि राखि बहुपहिचान झल्कने गरी प्रदेशको नामकरण गर्न सहमति प्रदान गरेको हो ।
बैठकपछि माओवादी नेता लोकेन्द्र विष्टले आफूहरुले सके सम्म एकल जातीय पहिचान झल्कने नामाकरण गर्न सुझाव दिए पनि संविधानसभा विघठनको आरोप आदीबासी जनजातीलाई लाग्ने सम्भावनाका कारण आजै संविधान जारी गर्न मिश्रित नाममा सहमति गरेको बताए ।
एमाले नेता पृथ्वी शुब्बा गुरुङले जातको नाम अगाडि रहने गरी मिश्रित पहिचान हुने गरी नामाकरण गर्न सुझाव दिएको जानकारी दिए । उनले भने– जस्तो नेवा बाग्मती वा नेवा कान्तिपुर प्रदेश जसरी नामाकरण गर्न सकिन्छ ।
उनले आफुहरुले राज्य पुर्नसंरचना आयोगले सुझाएको १० र राज्यपुर्नसंरचना समितिले सुझाएको १४ प्रदेश भित्रै प्रदेशको संख्यामा सहमति गर्न सुझाव दिएको समेत जानकारी दिए । उनले उधारो संघीयता आफुहरुलाई मान्य नहुने भन्दै सबै कुरा आजै मिलाउनु पर्ने तर्क गरे ।
अहिले महिला सभासदहरुको ककसले पनि संघीयताका सम्बन्धमा शिर्ष नेताहरुसमक्षा आफ्नो धारणा र सुझाव राखिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड– १९) संक्रमण नियन्त्रणमा देखिएका कानुनी अड्चन हटाउन अध्यादेश ल्याउने तयारी गरेको छ । कोभिड–