महान्यायधिवक्ता र जनजाती नेताहरु शिर्ष बैठकमा, सभासदहरुद्धारा नारावाजी

१४ जेष्ठ २०६९, आईतवार १३:४५ मा प्रकाशित

काठमाडौ, १४ जेठ । सहमतिको नजिक पुगेको भनि बाहिर आईरहेको मधेसीमोर्चासहित तीन दलका शिर्ष नेताहरुको बैठकमा महान्यायधिवक्ता मुक्ति प्रधान र जनजाती नेताहरु सहभागी भएका छन् ।
नेताहरुले शिर्ष बैठक सहमति नजिक पुगेको बताईरहँदा संविधान जारी गर्ने कार्यवीधि, विकल्पको विषयमा महान्यायधिवक्तासँग छलफल गर्न लागिएको र सहमतिमा एकल जातीय पहिचानको आधारमा संघीयताको अडानमा रहेका जनजाती नेताहरुलाई सहमत गराउन बोलाईएको स्रोतले जनाएको छ ।
दलहरु १० प्रदेशमा सहमतिको नजिक पुगेको बताईएको छ ।
यता विहान ११ बजेकोलागी बोलाईएको संसद र साढे ११ बजेकोलागी बोलाईको ब्यवस्थापिका संसदको बैठक अपरान्ह सवा दुई बजे सम्म पनि सुचारु नभए पछि संविधानसभा भवन पुगेको सभासदहरु नारावाजीमा उत्रिएका छन् । उनीहरुले तत्काल संविधानसभाको बैठक सूचारु हुनु पर्ने र संविधानका विवादित विषयमा छलफल गर्न पाउनु पर्ने भन्दै नारावाजी गरेका हुन ।
नारावाजी पछि कोण सभागरी सभासदहरुले ६०१ सभासद ठूला दलका नेताहरुको भेडावाख्रा नभएको भन्दै संविधानसभामै आएर सहमति कायम गर्न माग गरेका छन् । उनीहरुले प्रमुख दलका शिर्ष नेताहरुले संविधानसभालाई औचित्य नभएको भन्दै तत्काल सहमति गरी आजै संविधान जारी गर्न माग गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी