दलहरु बालुवाटारमा सहमतिकालागी संयूक्त,द्धिपक्षीय र आन्तरिक छलफलमा, सहमति निस्कने विश्वास

१४ जेष्ठ २०६९, आईतवार १३:०० मा प्रकाशित

काठमाडौ, १४ जेठ । संघीयताको विषयमा रहेको विवादमा सहमति जुटाउन बसेको तीन दलको बैठक स्थगित भएको छ । दलहरु आन्तरिक छलफलमा ब्यस्त रहनु पर्ने भएकोले बैठक केही बेरकोलागी स्थगित भएको हो ।
बैठक स्थगित गरेर अहिले बालुवाटारमै नेपाली काग्रेस, नेकपा एमाले र मधेसी मोर्चाका नेताहरु छलफलमा जुटेका छन् । माओवादीको पनि स्थायी समितिको बैठक बसेको छ । बैठकले राज्यपुर्नसंरचनाको विषयमा लचक भएर प्रस्तुत हुने निर्णय गरेको छ ।
स्रोतका अनुसार काग्रेसले राखेको १३ प्रदेशको प्रस्तावमा छलफल हुने क्रममा १० प्रदेशको खाँकामा दलहरु सहमति नजिक पुगेपछि दलहरु आन्तरिक छलफलमा जुटेका हुन ।
दलहरु १० वटा प्रदेश बनाउने र त्यसको नामाङक र सिमाङक प्रदेश सभाले गर्ने गरी अहिले १, २, ३ प्रदेश भनेर लेख्ने विषयमा सहमतिको नजिक रहेको बताईएको छ ।
बैठकबाट बाहिरिएका एमाले अध्यक्ष झलनाथ खनालले पनि छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।
यता माओवादीको बैद्य पक्षभने अलग्गै छलफलमा रहेको छ । स्थायी समितिको बैठकमा उनीहरु सहभागी भएका छैनन ।
यता बैठक स्थलमा रहेका नेपाली काग्रेसका उपसभपाति रामचन्द्र पौडेलले काग्रेसले प्रस्तुत गरेको १३ प्रदेशको सेरोफेरोमा सकारात्मक छलफल भईरहेको भन्दै आजै सहमति भएर संविधान जारी हुने जानकारी दिए ।
माओवादी नेता लिलामणी पोख्रेलले  संविधान जारी गर्न विवादित विषयमा सहमति कायम गर्न माओवादी लचक भएर प्रस्तुत भएको भन्दै सहमतिमै संविधान जारी हुने विश्वास ब्यक्त गरे ।
तराईमधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्र यादवले एकलपहिचानसहितको संघीयता हुनु पर्ने मागमा माओवादी र मधेसी मोर्चा लचक हुन तयार रहेको भन्दै जसरी पनि सहमति कायम गरेर संविधान जारी हुने दावी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ । जिल्ला

काठमाडौं । हालै भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वादेश फर्किएका उनीहरुले