राष्ट्रिय विज्ञान दिवस मनाईदै

१ आश्विन २०७१, बुधबार ०८:१० मा प्रकाशित

काठमाडौं, १ असोज । विज्ञान प्रविधि र आविष्कार दिगो बिकासको आधार भन्ने नाराका साथ बुधबार दोस्रो राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ ।
विज्ञान प्रविधि तथा बातावरण मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान नाष्टले पहिलोपटक दिवस मनाउन लागेको हो । विज्ञान दिवसको अवसरमा प्रधानमन्त्रि शुसिल कोईरालाले बिहान ९ बजे कृतिपुरमा नवनिर्मित राष्ट्रिय बिज्ञान संग्रहलयको भवन तथा बिज्ञान प्रदर्शनिको उद्घाटन गर्ने कार्यक्रम छ ।

दिवसकै अवसरमा गतबर्षको प्रवेशिका परिषामा बिज्ञान बिषयमा उत्कृष्ट अंक ल्याउन निजि तथा सामुदायिक बिद्यालयका एक एकजना छात्र र छात्रा गरि प्रत्येक बिकास क्षेत्रबाट दुईजनाका दरले जनहि ५ हजार जगदसहित पुरस्कार प्रदान गरिने भएको छ । बुधबार अवसरमा बिज्ञान प्रबिधिसंग सम्बपिन्धत बिभिन्न पुस्तक लोकार्पण गर्नुका साथै सेमिनार गोष्ठी समेत आयोजना हुने छन् ।

सुचना प्रविधि, बैकल्पिक उर्जा, सुक्षम प्रविधि यान्त्रिक प्रविधिको बिकास गर्न सके युवा बेरोजगार, उर्जा उत्पादन र औधोगिकरणमा टेवा पुग्न सक्ने बिज्ञान प्रविधि तथा बातावरण मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलको भनाई छ । दिवसको अवसरमा शुभकामना दिदैं प्रधानमन्त्री शुसिल कोईरालाले बिज्ञान तथा प्रबिधिको विकास र उपयोगलाई गरिबि निबारणको माध्यम बनाउनु पर्ने बताए ।

प्रधानमन्त्रि कोईरालाले आवश्यकता सुहाउदा सहि र मध्यमस्तरिय प्रबिधिमा आधारित उपकरण वा संयन्त्रहरुको बिकास गरेर गर्ने हरेक कामलाई छिटोछरितो सहज अधिक उत्पादनमुखि बनाउनु पर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

सप्तरी।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी-१ को महाधिवेशन प्रतिनिधि १४ पदमध्ये आठ पदमा बद्रिप्रसाद महत्मान र ६ पदमा ललनप्रसाद गुप्ताकाे टिममा

आजको प्रमुख समाचार