आजबाट विशेष सुरक्षा योजना सुरु

१ आश्विन २०७१, बुधबार ०८:०८ मा प्रकाशित

काठमाडौं, १ असोज । माहानगरीय प्रहरीले बुधबारदेखि उपत्यकामा चाडपर्व लक्षित बिशेष सुरक्षा योजना सुरु गरेको छ ।
नेपालीहरुको माहान चाड दसैं, तिहार, छठ तथा ईद पर्वलाई ध्यानमा राखि उपत्यकाका तिनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा चाडबाड बिशेष सुरक्षा कार्यक्रम लागु गरेको हो ।

बिशेषगरि चाडवाडको बेला उपत्यकामा हुने पकेटमारी, चोरी, डकैति, लुटपाट, चन्दा आतंक, अपहरण र फिरैतिजस्ता अपराध नियन्त्रण गर्न प्रहरिले यस्तो योजना लागु गरेको हो ।
चाडवाडका बेला कुनै किसीमका अवाञ्छित गतिबिधि हुन नदिन र सुरक्षा ब्यबस्था मजबुद बनाउन आफुमातहतका बृत्त तथा प्रभागहरुलाई आवश्यक निर्देशन भईसकेको माहानगरिय प्रहरि माहासाखाले जनाएको छ ।

यो अवधिमा दैनिक उपभोग्य बस्तुको कृत्रिम अभाव हुन नदिन, मिसावट तथा कालोबजारी गर्ने व्यापार व्यावसायिहरुकाृ तथ्याङक संकलन गरि कानुनि काराबहि गरिने भएको छ । चाडवाडका नाममा हुने जुवातास र चिठ्ठा खेलसमेत बन्द गरिने भएको छ । उपत्यकाका प्रमुख ब्यापारिक केन्द्र, ठूला तथा मिनि बसर्पा, एकान्त बस्तीहरुमा २४सै घन्टा सादा पोसाक लगाएका प्रहरिहरु खटाईने भएको छ ।

चाडबाड बिषेश सुरक्षा योजना कार्यक्रम अन्तरगत काठमाडौंमा ४ हजार, ललितपुरमा १ हजार १ सय र भक्तपुरमा एक हजार गरि करिब ६ हजार प्रहरि परिचालन गरिने छ । तिनवटौ जिल्लाका प्रमुख स्थानहरुमा प्रहरिको चेकप्वाईन्ट राखिने भएको छ । यसैबिच चाडपर्वलाई लक्षीत गर्दै सरकारले बुधबारदेखि उपत्यकासहित देशभरका ७१ वटा स्थानमा सुपथ मुल्य पसल संचालनमा ल्याउदै छ । दैनिक उपभोग्य वस्तु चिनी, नुन र चामल खरिद गर्ने उपभोक्तालाई यस पसलमार्फत दुछ दिइने घोषणा पनि सरकारले गरिसकेको छ ।

चामल नुनमा प्रतिकिलो २ रुपैया र चिनीमा ५ रुपैया छुटको व्यवस्था गरिएको हो । काठमाण्डौको कोटेश्वर, टेकु, रामशाहपथ, बल्खु तरकारी बजार, सतुंगल, कालीमाटीका दुई स्थान, पाटनको विशालबजार लगायत स्थानमा पसल संचालन हुदैछन् । सुपथ मुल्य पसलबाट एकजनाले एक बोरा चामल, ६ किलो चिनी र तीन प्याकेट नुन सुलभ दरमा खरिद गर्न पाउने व्यवस्था गरिएको वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव दिपक सुबेदीले जानकारी दिए ।

यस्तै उपत्यका बाहिरका २५ स्थानमा सरकारले सुपथ मुल्य संचालनका लागि साल्ट ट्रेडिङ कर्पोरेशनलाई जिम्मेवारी दिएको जनाएको छ । सुपथ मुल्यका पसलहरु कार्तिक १५ गतेसम्म संचालन हुने मन्त्रालयले जनाएको छ ।

यस्तै नेपाल राष्ट्र बैंकले बुधबार दशैँका लागि नयाँ नोटहरु वितरण गर्दैछ । नँया नोट राष्ट्र बैंकको मुद्धा व्यवस्थापन विभाग,थापाथली र बैंकको ७ वटा जिल्ला कार्यालयबाट फुलपातीको दिनसम्म नयाँ नोट वितरण गर्न लागेको हो । राष्ट्र बैंकको क्षेत्रिय कार्यलयहरु विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, भैरहवा, धनगढी र नेपालगन्जबाट सर्वसाधारणका लागि नँया नोट वितरण गर्ने जनाएको छ । यसवर्ष बैंकले ५,१०,२०,५० र सय रुपैयाका दरले प्रतिव्यक्ति २२ हजारसम्म उपलब्ध गराइने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको

मुस्ताङ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण

काठमाडौं । पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको

आजको प्रमुख समाचार