शिखर सम्मेलनबारे सार्कका अध्यागमन अधिकारी छलफलमा

१ आश्विन २०७१, बुधबार ०८:०५ मा प्रकाशित

काठमाडौं, १ असोज । दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन सार्कका अध्यागमन अधिकारीहरुको बैठक बुधबार बस्दैछ ।
बिहान ९ बजेदखि काठमाडौको एक होटलमा हुने बैठकका लागि १६ बुँदे एजेन्डा तयार परिएको छ ।

बैठकमा सार्कराष्ट्रमा सहज प्रबेशआज्ञा दिनेबारे नेपालले प्रस्ताव गर्ने भएको छ । नेपालका तर्फबाट अध्यागमन विभागका प्रमूख सहसचिव सुर्दशन ढकालले प्रस्ताव पेश गर्न लागेका हुन् ।

सार्क राष्ट्रको भ्रमणका लागि सहज बनाउन सो प्रस्तावमाथी छलफल हुन लागेको हो । महानिर्देशक ढकालका अनुसार सुरुमा उच्च स्तरका कर्मचारी, कुटनीतिक नियोगका कर्मचारी, सभासद, राजनीतिक तहका उच्च ब्यक्ति, नीजी क्षेत्रका ब्यापारी, संचारकर्मी, खेलाडीको प्रबेशआज्ञामा स्टीकर प्रयोग गरी सहज बनाइने छ ।

बैठकको पहिलो दिन बुधबार सार्क राष्ट्र नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगालादेश, भुटान, माल्दिभ्स र अफगानिस्थानका गरी २१ जना र सार्क सचिवालयका पाँचजना सहभागी हुदैछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

आजको प्रमुख समाचार