अमेरिकाले लाईबेरियामा ३ हजार सेना पठाउने

३१ भाद्र २०७१, मंगलवार १५:१४ मा प्रकाशित

काठमाडौं, ३१ भदौ । अमेरिकी राष्ट्रपती बाराक ओबामाले इवोला संक्रमित देश लाइब्रेरियामा ३ हजार अमेरिकी सेना पठाउने घोषणा गरेका छन् ।
इवोला भाइरससँग लड्न मद्धत पुर्याउने उद्देश्यले आफ्ना सेना लाइव्रेरिया पठाउने निर्णय गरिएको ओवामाको भनाई छ ।

लाइव्रेरियाका राष्ट्रपती इलेन जोन्सन सिर्लेफले अमेरिकी राष्ट्रपती समक्ष इवोला संक्रमण रोक्नका लागि सहयोग गरिदिन आग्रह गरेपछि अमेरिकाले सेना पठाउने भएको हो ।
अमेरिकी सेनाले त्यहाँ नयाँ उपचार केन्द्र निर्माण गर्न तथा चिकित्सक र कर्मचारिको तालिमका लागि सहयोग पुर्याउने उल्लेख गरिएको छ ।

पश्चिम अफ्रिकामा फैलिएको इवोला संक्रमण रोक्नका लागि अन्तराष्ट्रिय चासो कम भएका कारण इवोलाले गम्भिर रुप लिएको अधिकारिहरुको भनाई छ ।
इवोला संक्रमणका कारण हालसम्म पश्चिम अफ्रिकी मुुलुकमा २४ सय भन्दा बढिको मृत्यु भइसकेको छ । जस्मा आधा मानिस लाइव्रेरियाका रहेका छन् ।
इवोला संक्रमण रोक्नका लागि संयुक्त राष्टसंघको जेनेभामा बैठकको बस्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले नयाँ कोरोना भेरियन्ट संग डराइहाल्नु पर्ने अवस्था नरहेको बताएका छन् । उनले यो ‘ओमिक्रोन’

हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस भित्रिन नदिने भन्दै भारतमा उच्च सतर्कता अपनाइएको समाचारमा जनाइएको छ ।भारतमा चार

नेपिडाउ, म्यानमार । म्यानमारको जुन्ता अदालतले नोबेल पुरस्कार विजेता म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकी मुद्दामा फैसला गर्न मङ्गलबार स्थगित

क्यानबेरा । अस्ट्रेलिया सरकारले कोभिड–१९ को ओमिक्रोन संस्करणको बढ्दो चिन्ताको कारण देशको सिमानाहरू खुला राख्न ढिलाइ गरेको छ । प्रधानमन्त्री