अबैधरुपमा रकम असुल्दै प्रहरी

३१ भाद्र २०७१, मंगलवार १५:१२ मा प्रकाशित

खोटाङ, ३१ भदौ । हत्या तथा आत्महत्या गरेर ज्यान गुमाउनेहरुको शव परीक्षण गर्दा खोटाङमा प्रहरी र स्वीपरले अवैध रकम असुली गर्ने गरेको खुलासा भएको छ ।
जिल्ला अस्पतालमा खटिएका प्रहरी र शव चिरफार गर्ने स्वीपरको मिलेमतोमा एउटा शव परीक्षण गरेबापत दुई हजारदेखि पाँच हजारसम्म अवैध रुपमा रकम असुली गर्ने गरेको खुलासा भएको हो ।

उनीहरुले मागेको जति रकम नदिए कामै रोकिने भएकाले बाध्य भएर भनेजतिनै दिने गरेको पीडितको भनाइ छ ।
सेवाग्राहीका अनुसार सामान्य अवस्थाको शव परीक्षण गर्दा दुई हजार तथा सडेको शव परीक्षण गर्दा पाँच हजार लिने गरेको बताईएको छ ।

अस्पतालमा खटिएका प्रहरी जवानले पाँच हजार नदिए तपाईंको काम हुन्न भनेपछि आफूहरुले पाँचै हजार दिएको जलेश्वरीका पर्शुराम घिमिरेले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो