बहुबिवाह गर्ने एक जोडीलाई एक बर्ष कैद

३१ भाद्र २०७१, मंगलवार १५:०८ मा प्रकाशित

इलाम, ३१ भदौ । बहुविवाहको आरोपमा थुनामा रहेका इलाम जीतपुर–४ का ३८ वर्षीय प्रकाश गिरी र कान्छी श्रीमती कल्पनालाई जिल्ला अदालत इलामले एक वर्ष कैद र जनही पाँच हजार जरिवाना तोकेको छ ।

जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले दुवैलाई कैद सजाय तोकेको अदालतका कर्मचारी रविन अधिकारीले जानकारी दिए ।
गत साउन ९ गते प्रकाश गिरीले आमचोक–१ की कल्पनासँग दोस्रो विवाह गरेका थिए ।

उनकी जेठी श्रीमती राधादेवीले श्रीमान्ले बहुविवाह गरेको भन्दै उनी र कल्पनाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा गत भदौ १३ गते किटानी जाहेरी दिएकी थिइन् ।
जाहेरीका आधारमा एकसाता अघि प्रहरीले प्रकाश र कल्पनालाई आफ्नै घरबाट पक्राउ गरी बहुविवाहअन्तर्गत मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार