शिक्षण अस्पतालमा तोडफोड

३१ भाद्र २०७१, मंगलवार १५:०५ मा प्रकाशित

काठमाडौं, ३१ भदौ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका छन् ।

काठमाण्डौको बनस्थली ढुंगेधारा बस्ने कास्कीको पोखरा–१५ घर भएकी २४ वषिय सुत्केरी महिला धरना तामाङको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै तोडफोड गरेका हुन ।
तोडफोडबाट अस्पतालको डाइलोसिस भवनको तेस्रो तलामा क्षेति पुगेको प्रहरी निरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

गत भदौ १५ गते शल्यक्रिया गरिएकी महिला धरनाको उपचारकै क्रममा गए राती मृत्यु भएको थियो ।
मृतकका आफन्तले चिकित्सकको लापर्वाहीले सुत्केरी महिलाको मृत्यु भएको बताएका छन भने अस्पतालले महिलाको किड्नी फेल भएर मृत्यु भएकोे जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भइरहेको प्रदेश अधिवेशनको मतदानका क्रममा विवाद भएको छ । १ नम्बर प्रदेशको

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट