तराईका जिल्लामा जितिया पर्व मनाईदै

३१ भाद्र २०७१, मंगलवार १५:०१ मा प्रकाशित

काठमाडौं, ३१ भदौ । तराईका विभिन्न जिल्लाहरुमा आज थारु समुदायका महिलाहरुले जितिया पर्व मनाउदैछन । सन्तानको दीघार्यु र सुस्वास्थ्यको कामना तथा शिशुलाई मृत्युबाट जोगाउन यो पर्व मनाउने परम्परा छ ।

असोज कृष्णपक्षको सप्तमीदेखि सुरु हुने जितिया पर्व नवमीसम्म मनाउने गरिन्छ । जितियाको अघिल्लो दिन नजिकको इनार, जलासयमा स्नान गरेर जितियाको सुरुवात गर्ने गरिन्छ ।

थारु महिलाहरुले जितियाको अघिल्लो राति ओटघन (दर) खाई ब्रत बस्ने चलन छ । उनीहरु आजका दिन पानी पनि नखाई दिनभर ब्रत बस्ने गर्दछन । विशेष गरी आज उनीहरु जितमहानको कथा सुन्ने गर्दछन ।

जितमहानले गुफा भित्र छिर्ने र निस्कने खेलमा आफ्नो बुवाको नाम थाहा नपाउदा साथीहरुसग पराजित भएर बुवालाई भेटन जादा सुर्य देवता साक्षात्कार भइ वरदान दिएको धामिर्क कथन रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

काठमाडौँ । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा (तीन महिनाभित्रमा) नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने भएको

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

आजको प्रमुख समाचार