इस्लामिक चरम्पन्थीबिरुद्ध अमेरिकी कार्वाही सुरु

३१ भाद्र २०७१, मंगलवार ०९:०२ मा प्रकाशित

काठमाडौं, ३१ भदौ । इस्लामिक चरम्पन्थी आईएसबिरुद्ध नयाँ रणनीतिसहित कार्वाहीमा उत्रिएको अमेरिकी सेनाले इराकका बिभिन्न स्थानमा हवाई हमला सुरु गरेको छ ।

अमेरिकी सेनाका अनुसार हाललाई आईएसबिरुद्ध लडिरहेको इराकी सेनाको मद्दतका लागि केहि स्थानमा हवाई हमला गरिएको छ । आईतबार र हिजो अमेरिकी सेनाले इराकको माउण्ट सिंजार र बगदादको दक्षिण पश्चिम क्षेत्रमा हवाई हमला गरेको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले गत हप्ता आईएसबिरुद्धको लडाईको रणनीतिक योजना सार्वजनिक गरेका थिए । उक्त रणनीति अनुरुप पहिलो चरणको कार्वाही गरिएको हो ।

यसैबिच आईएसबिरुद्धको कार्वाहीका लागि नयाँ योजना तय गर्न बोलाईएको अन्तराष्ट्रिय बैठकमा इरानलाई सहभागि नगराईएकोप्रति इराकले आलोचना गरेको छ । इराकका विदेशमन्त्री इब्राहिम अल जाफरीले यो फैसला पश्चातापपूर्ण रहेको टिप्पणी गरेका छन् । पेरिसमा भएको बैठकमा ३० देशले आईएसबिरुद्धको कार्वाहीमा अमेरिकालाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । एसियाली क्षेत्र दुई ध्रुवीय बन्नेतर्फ उन्मुख भएको एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको थिंक ट्यांक लोवी इन्स्टिच्युटको एसिया पावर

जाकार्ता । इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा

लन्डन्।बेलायतमा काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन समुदायस्तरमा फैलिएकाे छ । यहाँ एकै दिन अ‌ाेमिक्राेनका सयाैं बिरामी भेटिन थालेका छन् । संसदलाई

केप टाउन । काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन देखिएपछि दक्षिण अफ्रिकाका अस्पतालहरु बिरामीले भरिएका छन् । अस्पतालमा बिरामी भरिएपछि दक्षिण अफ्रिकाका