राजनीतिक सम्मेलन अनिश्चित

३१ भाद्र २०७१, मंगलवार ०८:१७ मा प्रकाशित

काठमाडौ ३१ भदौ । मंगलबार हुने भनिएको सर्वपक्षिय राजनीतिक सम्मेलन अनिश्चित बनेको छ ।

संविधानसभा बहिष्कार गरेको नेकपा माओवादीलाई संविधान निर्माण प्रक्रियामा सहभागि गराउने उद्देश्यले गर्न लागिएको सम्मेलन अनिश्चित बनेको हो । सम्मेलन आज विहान नौ बजे संविधानसभा भवन नयाँ भवनमा गर्ने तयारी गरिएको थियो ।

तर सोमबार राती सम्म बसको चार दलको बैठकमा कुरा नमिले पछि सम्मेलननै अनिश्चित बनेको नेताहरुले बताएका छन् । नेकपा माओवादीले संविधान निर्माणको विषयमा संविधान सँग जोडिएको शान्ति प्रक्रियाका विषयमा पहिला सहमति हुनुपर्ने अडान राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आगामी शुक्रबारबाट नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुरु हुँदैछ। हाल ६ वटा प्रदेशको अधिवेशन समाप्त भई त्यसको नतिजा

काठमाडौं । नेपाली काँग्रेसले १४ औं महाधिवेशनको मतदानका लागि २ सय ९३ वटा मतदान बुथ राख्ने भएको छ । कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि सङ्घीय राजधानी काठमाडौँ आउने क्रम सुरु भएको छ। पार्टीको १३औँ

विराटनगर।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ‘अर्ली इलेक्सन’को सम्भावना नरहेको बताएका छन्। सोमबार विराटनगरस्थित विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा नेपालले यस्तो

आजको प्रमुख समाचार