नेपाली कांग्रेसको म्याद एक बर्ष थपियो

३० भाद्र २०७१, सोमबार २०:०१ मा प्रकाशित

काठमाडौ ३० भदौ  । समयमै १३ औ महाधिबेशन नहुने भएपछि नेपाली कांग्रेसले पार्टीका सबै सांगठनिक निकायको कार्यकाल एक बर्ष थप गरेको छ । विधान अनुसार हरेक चार बर्षमा हुनुपर्ने महाधिबेशनमा तत्काल गर्न असम्भब भएको भन्दै १ बर्षलाई थप गरिएको हो ।

बर्तमान केन्द्रीय समितिको म्याद आगामी असोज ५ गते सकिदै थियो ।

पार्टी कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालाले म्याद थपको प्रस्ताब राखेका थिए ।

केन्द्रीय कार्यसमितिको म्याद थपेलगतै म्याद सकिएका स्थानीय निकायका कार्यसमितिको पनि एक बर्षका लागि म्याद थपिएको छ ।

प्रस्तावमा कतिपय केन्द्रीय सदस्यहरुले चार बर्षभित्र अधिवेशन गराउन नसक्नुको विशेष कारण के पर्यो भन्दै सभापति कोइरालासंग जबाफ मागेका थिए ।

यस सम्वन्धमा सभापति कोइरालाले कुनै जबाफ नदिएको कांग्रेस स्रोतको भनाई छ ।

साढे सात महिनापछि बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने १० जना केन्द्रीय सदस्यहरुले पार्टीमा विधान र पद्दती बाहिर गएर निर्णय हुन थालेको भन्दै सभापति कोइरालाको आलोचना गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठले बैठक बोलाउन २५ केन्द्रीय सदस्यहरुले बुझाएको हस्ताक्षरलाई समेत वेवस्ता गरिएको भन्दै सभापतिको आलोचना गरे ।

कांग्रेस केन्द्रीय कार्यसमितिको यसअघि माघ २१ गते बैठक बसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । शुक्रबार प्रदेश कार्यसमितिका लागि पदाधिकारी र

आजको प्रमुख समाचार