
काठमाडौं, ३० भदौ । प्रहरी प्रधान कार्यालयले ३७ जना बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) को सरुवा गरेको छ । सोमबार कार्यालयले एसएसपीहरुको सरुवा तथा कार्यस्थल हेरफेर गरेको हो ।
आईतबार गृहमन्त्रालयले गरेको निर्णय बमोजिम सरुवा तथा हेरफेर गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सरुवा गरिएका मध्य यस अघि महानगरीय प्रहरी परिसर काठमाडौंमा रहेका बरिष्ठ प्रहरी उपरिक्षक रमेश खरेललाई मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा सरुवा गरिएको छ ।
यस अघि महानगरीय प्रहरी प्रमुख हुँदा रमेश खरेलले एआईजी बढुवाका बिषयमा विवादित अभिव्यक्ति दिएपछि केन्द्रीय कार्यालयमा तानिएका थिए । गुण्डागर्दी नियन्त्रणमा उल्लेखनीय काम गरेपछि आम नागरिकको समर्थन पाएका खरेल राजनीतिक रुपमा विवादित बनेपछि केहि समय विदामा रहेका थिए ।
यस्तै महानगरीय प्रहरी प्रमुखमा एसएसपी उत्तम कुमार कार्कीलाई ल्याईएको छ । उक्त ठाउँमा अर्का एसएसपी पुस्कर कार्की कामुको रुपमा रहेका थिए । हाल उनलाई महानगरीय प्रहरी अपराध महाशाखामा सरुवा गरिएको छ ।
http://www.nepalpolice.gov.np/images/police/transfer/SSP-Saruwa-2071-05-30.pdf
प्रतिक्रिया
सम्बन्धित खवर
वालिङ । स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक
म्याग्दी । म्याग्दी र यस वरपरका क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव छ । जसका कारण देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् जल तथा
तुलसीपुर । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल