बाढी प्रभावित काश्मिरमा महामारीको खतरा

३० भाद्र २०७१, सोमबार १५:०८ मा प्रकाशित

काठमाडौं, ३० भदौ । बाढि र पहिरोका कारण प्रभावित भएको भारत प्रशासित क्षेत्र काश्मिरमा पानीजन्य रोगको रोकथामका लागि विशेष ब्यवस्था गरिने त्यहाँको प्रशासनले उल्लेख गरेको छ ।

काश्मिरमा आएको बाढिका कारण विस्तापित भएकाहरुमा विभिन्न रोगको महामारी फैलन सक्ने त्रास बढेको भन्दै पुर्व उपायहरु अवलम्वन गरिने अधिकारीहरुले उल्लेख गरेका छन् ।
विस्तापित भएका नागरिकमा सरुवा रोग फैलिएमा त्यसले भयावहले रुपलिने खतरा बढेको बताइएको छ ।

बाढी प्रभावित काश्मिरमा १ लाख ८४ हजार नागरिकको उद्धार गरिएको छ भने अझै १ लाख मानिसको अझै उद्धार हुन बाकि रहेको काश्मिर प्रशासनले जनाएको छ ।
बाढिबाट भारत र पाकिस्तानमा ४ सय ८० को मृत्यु भएको छ ।

यसैबिच, भारतका स्वास्थ्य मन्त्री हर्षवर्धनले काश्मिरको भ्रमण गर्दै प्रभावित नागरिकको स्वास्थ्यका लागि सरकार सवै सहयोग गर्न तयार रहेको भन्दै नागरिकको स्वास्थ्यका लागि उच्चसतर्कता अपनाउन निर्देशन दिएका छन् ।
यस अघि काश्मिरका मुख्य मन्त्री उमर अब्दुल्लाहले विस्तापित नागरिकलाई पानी जन्य रोगबाट बचाउनका लागि संघिय सरकारसँग आब्हान गरेका थिए ।
विस्तापित हजारौ नागरिकलाई राहत सिविरमा राखिएको छ भने कयौ मानिस आफ्नो घरको छतमा बस्न बाध्य भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २१ औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन सोमबार भारत आउँदै छन् ।

बेइजिङ । बहुपक्षीयतालाई समर्थन गर्ने चीनको दृढ सङ्कल्प परिवर्तन नहुने चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार २०२१ इम्पेरियल स्प्रिङ्स अन्तर्राष्ट्रिय मञ्चको

जाकार्ता । इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विस्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य ९८ जना

न्युयाेर्क । वैज्ञानिकहरुले खुला सागरको एउटा क्षेत्रमा प्लाष्टिकको थुप्रोमा बस्ने समुद्री जनावरहरु पत्ता लगाएका छन् । वैज्ञानिकहरुले साे क्षेत्रलाई ग्रेट

आजको प्रमुख समाचार